मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्स्योरेन्स एनपीआईमा आबद्ध

मङ्गलबार, १३ पुस २०७८, ११ : २७
मङ्गलबार, १३ पुस २०७८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्न नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस र कम्पनीबीचको सम्झौता पछि सन लाईफ एनपीआईमा आबद्ध भएको हो ।

सम्झौता पत्रमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालर क्लियरिङका तर्फाबट  प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्र्तगत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोड्ने छ ।

उक्त प्रणाली मार्फत सन नेपाल लाइफले आफ्नो बीमा लेखको भुक्तानी, दाबी भुक्तानी, कमिसन, तलब, भेण्डर भुक्तानी लगायतका भुक्तानी गर्नेछ । यसले लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्था अन्त्य हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप