जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन
मङ्गलबार, १३ पुस २०७८, ११ : ०९
![जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन](https://rpcdn.ratopati.com/media/albums/ward-chairman-ram-kumar-shrestha-passes-away-chisapani-photo_khotang1_8yDgiyhTWR.jpg)
खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राति १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दै आएको काँग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसकातर्फबाट वडाध्यक्ष निर्वाचित भएका श्रेष्ठ अस्पताल लगिएपछि गत २८ माघदेखि वडासदस्य धनबहादुर राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता