म्यानमारका सेलिब्रेटीलाई तीन वर्ष जेल सजाय, सरकारविरोधी प्रदर्शनमा सहभागी भएको अभियोग
मङ्गलबार, १३ पुस २०७८, ११ : ०२
म्यानमारका चर्चित सेलिब्रेटीलाई त्यहाँको सेनाको जुन्ता सरकारले जेल सजाय सुनाएको छ । म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा मोडल तथा नायक पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको हो ।
टाकहोनका लाखौँ प्रशंसक छन् । उनले सरकारविरोधी प्रदर्शनमा सक्रिय सहभागिता जनाउनुका साथै सामाजिक सञ्जालमार्फत सरकारको विरोध गर्दै आएका थिए । निर्वाचनमा व्यापक धाँधली भएको भन्दै गत जनवरीमा सेनाले निर्वाचित सरकारलाई बर्खास्त गरेर सरकारकी नेतृ आङ सान सूचीलाई घरमै नजरबन्दमा राखेको थियो । सत्ता सम्हालेपछि सेनाले विपक्षीको चरम दमन गरेको छ ।
अप्रिलमा आठ ओटा ट्रकमा आएका करिब ५० जना सेनाले २४ वर्षीय टाकहोनलाइ घरबाटै पक्राउ गरेको उनकी बहिनीले फेसबुकमा पोस्ट गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस