बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारतमा ओमिक्रोनको खतरनाक गति, एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिए

मङ्गलबार, १३ पुस २०७८, १० : ००
मङ्गलबार, १३ पुस २०७८

भारतमा ओमिक्रोनको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या बढेर ६७० पुगेको छ । सोमबार गोवा र मणिपुरमा पनि ओमिक्रोन पुगेको छ । दुबै राज्यमा हिजो एक–एक संक्रमित भेटिए । ओमिक्रोन हालसम्म २० राज्य/केन्द्र शासित प्रदेशमा फैलिएको छ ।

दिल्लीमा अघिल्लो दिन ओमिक्रोनको सर्वाधिक ६३ संक्रमित  भेटिएका छन् । यसबाहेक महाराष्ट्रमा २६, गुजरातमा २४, तेलंगानामा १२, राजस्थानमा ३, उत्तराखण्डमा ३ र हरियाणामा २ नयाँ संक्रमित भेटिएका छन् ।

ओमिक्रोनको खतरालाई मध्यनजर गर्दै सोमबार संसारभरी २,१०० फ्लाइट रद्द भएः

ओमिक्रोनको बढ्दो मामिलाका बीच संसारभरी उडान रद्द हुने सिलसिला जारी छ । सोमबार करिब २१०० उडान रद्द भए जसमा ७०० अमेरिकाको हो । रिपोर्टका अनुसार क्रिसमसको छुट्टीका बेला शनिबार र आइतबार अमेरिकाको २३ सय उडान रद्द भए । यस्तै संसारभरी यतिबेला ३५०० उडान रद्द भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप