बेलायतमा तीन दिनमा तीन लाख बीस हजार संक्रमित थपिए, तत्कालै प्रतिबन्ध लागू नगर्ने
बेलायतमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगे पनि सरकारले तत्कालै प्रतिबन्ध लागू नगर्ने जनाएको छ । क्रिसमसपछि संक्रमण दर नियन्त्रण गर्न कडा प्रतिबन्ध लगाइने भनिएपनि नयाँ वर्ष अगाडी कुनै प्रतिबन्ध नलगाइने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आज बताएका हुन । तर, बेलायतकाअन्य क्षेत्रमा भने प्रतिबन्ध लागू गरिसकिएको छ ।
क्रिसमस अवधिभरमा यहाँ थप तीन लाख बीस हजार नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । शनिबार र आइतबार क्रमशः क्रिसमस र बक्सिंग डे परेको हुँदा दैनिक संक्रमित संख्या सार्वजनिक गरिएको थिएन। पछिल्लो २४ घन्टामा थप ९८ हजार ५१५ संक्रमित थपिएसंगै तीन दिनमा तीन लाख बीस हजार संक्रमित थपिएका हुन् ।
तर, आज सार्वजनिक गरिएको २४ घन्टाको तथ्यांकमा वेल्स, नर्दर्न आएरल्याण्ड र स्कटल्याण्डलाई समावेस गरिएको छैन । इंग्ल्याण्डको तथ्यांक अनुसार क्रिसमस डे का दिन एक लाख १३ हजार ६२८ र बक्सिंग डे का दिन एक लाख तीन हजार ५५८ जना संक्रमित भएका थिए ।
क्रिसमस डे मा भएको संक्रमित संख्या महामारीयताकै तेस्रो सबैभन्दा बढी संक्रमित हो । यसअघि डिसेम्बर २२ मा एक लाख २१ हजार ५३९ र डिसेम्बर २१ मा एक लाख १५ हजार ४६५ संक्रमित भएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ । योसंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या एक करोड २२ लाख नाघेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १४३ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि एक लाख ४८ हजार नाघेको छ । तर, कोभिडद्वारा मृत्यु भएको भनि गरिएको मृत्यु दर्ताको आधारमा भने मृतक संख्या एक लाख ७१ हजार भन्दा बढी छ ।
संक्रमणदर बढेसंगै अस्पताल भर्ना हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घन्टामा अस्पताल भर्ना हुनेको संख्या एक हजार ११७ पुगेको छ । हाल बेलायतका अस्पतालमा आठ हजार २४० जनाको उपचार भइरहेको छ भने ८४२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प