उपाधिका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल
बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि मंगलबार नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् । साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो । यस्तै उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटमा जित निकालेको नेपाली टोली फाइनलमा सहज जित निकाल्दै फेरी स्वर्ण पदक जित्नेमा आशावादी छ ।
‘विपक्षी टोली कमजोर छैन । पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौँ । श्रीलंकासँग दबाबमा खेल्यौ । पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौँ,’ कप्तान अरुणा भन्छिन् । ‘फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा हामी आशावादी छौं ।’
सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा नेपालको पहिलोपटक कप्तानी सम्हालेकी अरूणाले ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन् । समूह चरणमा बंगलादेश, अफगानिस्तान र किर्गिस्तानमाथि सोझो सेटमा जित निकालेको नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मीपूजाको दिन विद्युत्काे उच्च माग १६०२ मेगावाट, पिक समयमा २५३ मेगावाट भारतर्फ निर्यात
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
अमेरिकामा विदेशीसँगै नेपालीले समेत मनाए हालोविन पर्व
-
अमेरिकामा बसोबास गर्ने नेपालीले यसरी गरे लक्ष्मी पूजा (तस्बिरहरू)
-
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
-
लुम्बिनीमा १२ करोडभन्दा बढी मूल्यको सयपत्री फूल उत्पादन