मेडिकल कलेजमा पनि कोरोनाको खोप केन्द्र
मङ्गलबार, १३ पुस २०७८, ०७ : १४

सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।
मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाइ छ । खोप उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिएको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म