बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बेलायती महारानीको 'हत्या प्रयास' को भिडियो, अनुसन्धान जारी

मङ्गलबार, १३ पुस २०७८, ०६ : ४३
मङ्गलबार, १३ पुस २०७८

क्रिसमसमा विंडसर क्यासलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको बारेको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ ।  यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिए र उनको हातमा धनुष तीर जस्तो केही चिज थियो ।  भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य महारानीको हत्या गरेर बदला लिने भएको बताएको थियो । 

प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तर प्रहरी प्रवक्ताले भने भिडियोमा देखिएका व्यक्तिका बारेमा भन्न इन्कार गरे । 

बकिंघम प्यालेसले पनि यसबारे कुनै पनि टिप्पणी गर्न इन्कार गरेको छ । १९ वर्षीय सन्दिग्धमाथि मानसिक स्वास्थ्य कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको जनाइएको छ । महारानी एलिजाबेथ द्वितीय क्रिसमसमा विंडसर क्यासलमा थिइन्  उनी दिउँसोको खान खाने कार्यक्रममा सहभागी हुनु थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप