प्रचण्डको नजरमा '२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो' (राजनीतिक प्रतिवेदनको पूर्णपाठ)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । '२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो' नाम दिइएको उक्त प्रतिवेदनमा वर्तमान परिस्थितिको समीक्षा, राष्ट्रिय राजनीतिको परिस्थिति, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित सैद्धान्तिक प्रश्नहरू, पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखालगायत विषयहरू उल्लेख छन् ।
राजनीतिक प्रतिवेदन पेश गरेसँगै सो प्रतिवेदनको छलफलका लागि २५ समूह विभाजन गरिएको छ । विभाजन गरिएकामध्ये जेष्ठ कम्युनिस्ट, सल्लाहकार परिषद र सल्लाहकार परिषदको समूहको छलफल प्रज्ञा भवनमा हुनेछ । यस्तै प्रदेश १ को दुई समूहको प्रज्ञा भवनको भानुभक्त हलमा छलफल हुनेछ भने प्रदेश २ को दुई समूहको छलफल पनि प्रज्ञा भवनकै पारिजात हलमा हुनेछ । यस्तै पुस्तकालय हलमा लुम्बिनीको विभाजन गरिएको दुई समूहको छलफल हुनेछ भने गण्डकीको दुई समूहको छलफल पार्टी कार्यालय पेरिसडाँडामा हुनेछ । यस्तै प्रवास समूहको पनि पेरिसडाँडामै हुनेछ ।
यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको दुई–दुई समूहको ए वान पार्टी प्यालेस, विभागको क्वालिटी ब्याङ्क्वेटमा दुई समूहमा छलफल हुनेछ । यस्तै उपत्यका विशेष प्रदेश समूहको पनि क्वालिटी ब्याङ्क्वेटमा छलफल हुनेछ भने दुई समूहमा विभाजन गरिएको सम्पर्क समन्वयको क्रिष्टल पार्टी प्यालेस, बागमतीको दुई समूहको बानेश्वर ब्याङ्क्वेट, आयोगको पनि सोही ब्याङ्क्वेटमा छलफल हुनेछ । यस्तै जवस, मोर्चा इन्चार्ज ,कार्यालयको काठमाडौं ब्याङ्क्वेटमा छलफल हुनेछ । बन्दसत्रमा देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पनि छलफल हुनेछ ।
हेर्नुहोस् राजनीतिक प्रतिवेदनको पूर्णपाठ :












































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण