चलचित्र संघको कारण फेरि पर सर्यो ‘चपली हाइट ३’

फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरि सारेको छ । आगामी बिहीबारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म सरेर पुस ३० मा पुगेको छ । नेपाल चलचित्र संघको अनुरोधका कारण आफूले फिल्म सारेको निर्माता अर्जुन कुमारले बताए ।
‘चलचित्र संघले आगामी चैत्रसम्मका लागि जुनै डेटमा पनि सिङ्गल नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको छ’ अर्जुन कुमारले भने ‘संघले ‘कठपुतली’ सिङ्गल रिलिज गर्ने वातावरण बनाउन गरेको अनुरोध मैले स्वीकारेको हो ।’ आफ्नो फिल्म रिलिजमा पनि सिङ्गल रिलिजको वातावरण बनाउने बचन संघले दिएको अर्जुन कुमारले सुनाए । भने ‘फिल्म सरेको सरेकै गरेर मलाई प्रचार प्रसारको धेरै घाटा लागेको छ ।’
स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको ‘चपली हाइट ३’ सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको छ । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’