आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको फरक मत

​धर्मदत्त देवकोटाले भने– साउनको माग सम्वोधन हुनुपर्यो
सोमबार, १२ पुस २०७८, १८ : ११
सोमबार, १२ पुस २०७८

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य राम कार्कीले प्रचण्डको दस्तावेजमाथि लिखितरुपमै ‘फरक मत’ प्रस्तुत गरेका छन् । कार्कीले आफ्नो फरक मत केन्द्रीय सदस्यहरु र महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गरिनुपर्ने प्रचण्डसँग मागसमेत गरेका छन् ।

आठौं राष्ट्रिय महाधिवेशनको तयारीका क्रममा बसेको केन्द्रीय कमिटीको बैठकमा कार्कीले आफ्नो फरक मत अध्यक्ष प्रचण्डलाई बुझाएका हुन् । लिखित प्रतिवेदन प्रचण्डलाई बुझाउँदै कार्कीले यसलाई तलैसम्म बाँडेर छलफलमा ल्याउन पाउनुपर्ने प्रचण्डसँग अनुरोध गरेको माओवादी स्रोतले रातोपाटीलाई बतायो ।

अध्यक्ष प्रचण्डले प्रतिवेदन बुझ्दै यसबारे पहिले आफूले अध्ययन गर्ने र त्यसपछि निर्णय लिने कार्कीलाई जवाफ दिएका छन् । जारी महाधिवेशनमा आफ्नो प्रतिवेदनलाई पनि प्रचण्डको प्रतिवेदनसँगै छलफलमा ल्याइनुपर्ने कार्कीको माग छ ।

स्रोतका अनुसार कार्कीले आफ्नो लिखित प्रतिवेदनमा अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनका सन्दर्भमा केही वैचारिक प्रश्नहरु उठाएका छन् । स्रोतले रातोपाटीसँग भन्यो, ‘उहाँले केही आइडियोलोजिकल प्रश्नहरु उठाउनुभएको छ ।’​

​कार्कीको जन्म २०१३ सालमा ओखलढुंगामा भएको हो । माओवादी पार्टीमा ‘पार्थ क्षेत्री’ का नामले चिनिने नेता कार्की पार्टीभित्र अध्ययनशील एवं वैचारिक नेताका रुपमा परिचित छन् । विसं. २०३९ सालमा पार्टी सदस्यता लिएर त्यसैबेलादेखि पूर्णकालीन बनेका उनी ०४७ सालदेखि केन्द्रीय सदस्य बनेका हुन् । हाल झापाबाट प्रतिनिधिसभाका सांसद रहेका कार्की पूर्वसञ्चारमन्त्रीसमेत हुन् ।

शुरुमा विद्रोही नेता रामराजा प्रसाद सिंहको पार्टीमा लागेका कार्की त्यसपछि तत्कालीन नेकपा मसालमा आवद्ध थिए । डा. बाबुराम भट्टराई र हरिबोल गजुरेलहरुको टीमसँगै उनी ०४७ सालदेखि प्रचण्ड नेतृत्वको पार्टीमा समाहित भएका हुन् ।  

धर्मदत्त देवकोटाको अर्को प्रस्ताव

यसैबीच, माओवादीका अर्का नेता धर्मदत्त देवकोटाले पनि प्रचण्डको प्रतिवेदनमाथि चित्त बुझेन भने अर्को लिखित प्रतिवेदन केन्द्रीय समितिमा ल्याउने बैठकमा बताएका छन् । देवकोटाले पनि कार्कीले जस्तै आफ्नो मागबारे महाधिवेशनमा छलफल हुनुपर्ने माग गरेका छन् ।

माओवादीका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा नेकपा एमालेबाट विद्रोह गरेर माओवादीमा लागेका नेता हुन् । एमाले समर्थित किसान संगठनको केन्द्रीय उपाध्यक्ष परित्याग गरी माओवादी बनेका उनी हेटौंडा महाधिवेशन अघि नै माओवादी बनेका हुन् ।

देवकोटाले गत साउन ३० ३१ मा सम्पन्न केन्द्रीय समितिको बैठकमै ३ पृष्ठ लामो आफ्नो मत दर्ता गराएका थिए । सो मागका कतिपय विषयहरु सम्वोधन भए पनि केही सम्वोधन हुन बाँकी रहेकाले प्रचण्डको प्रतिवेदन हेरेपछि पूरा हुन बाँकी विषयहरु पुनः अगाडि ल्याउने देवकोटाको भनाइ छ । प्रचण्डले भने देवकोटाले साउनमा उठाएका कतिपय कुराहरु आफ्नो दस्तावेजमा समेटिएको जवाफ बैठकमा दिएका छन् ।

साउनको बैठकमा देवकोटाले अघि सारेको तीनपन्ने सुझाव यस्तो थियो–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप