६ महिनामा १०१ जना फरार अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय नवलपरासीले विगत ६ महिनाको अवधिमा १०१ जना फरार अभियुक्त पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक मनोज कुमार यादवका अनुसार यस अवधिमा प्रहरी कारबाहीबाट ५ करोड १८ लाख भन्दा बढी राजस्व दाखिला भएको छ । जिल्लाको विभिन्न क्षेत्रमा भएको चोरी तस्करीका मालसामान बरामद गरी ६ महिनाको अवधिमा कुल ५ करोड १८ लाख ८३ हजार ६४ रुपैयाँ भन्सार तथा विभिन्न सरकारी निकायमा राजस्व दाखिला गराएको उनले जानकारी दिए ।
यो अवधिमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याएको अवस्थामा प्रहरीले हरियो केराउ, किराना सामान, हार्डवेयर, लत्ताकपडा, ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए । यी सामानहरुको कुल मूल्य ४ करोड ७० लाख ३९ हजार ९४ रुपैयाँ रहेको उनको भनाइ छ ।
त्यसैगरी प्रहरीले उक्त अवधिमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ३९ वटा ट्याक्टर, २ वटा जेसीबी नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाएको र त्यसबाट ६ लाख ९८ हजार ४ सय ७३ मूल्य बराबर राजश्व दाखिला भएको प्रहरीको भनाइ छ ।
यसै अवधिमा ३५ लाख ९० हजार रुपैयाँ श्रोत नखुलेको रकमसहित ४ जनालाई पक्राउ गरी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाइएको प्रहरीले जनाएको छ । यस अतिरिक्त ५ लाख ५५ हजार ५३३ रुपैयाँ मूल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय प्रमुख यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले पठाए प्रधानमन्त्रीसहित तीन नेतालाई ध्यानाकर्षण पत्र
-
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
-
स्वास्थ्य बिमामा आबद्ध कसरी हुने ?
-
सोहेल र सन्तोषको शानदार ब्याटिङ, नेपालद्वारा २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन