प्रधानसेनापतिद्वारा उपरथी केसी र शर्मालाई दर्ज्यानी चिन्ह प्रदान
सोमबार, १२ पुस २०७८, १८ : ०४
नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनीहरु गत पुस ८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए ।
उपरथी केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति भएकाछन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा नियुक्त भएका छन् । साथै सहायक रथी दर्जामा पदोन्नति भएका सातजना मध्ये चारजना महा-सेनानीहरुलाई पनि प्रधान सेनापति शर्माले सोही कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय