प्रचण्डले राजनीति प्रतिवेदनमा गिरीजादेखि माधवसम्मलाई प्रशंसा गर्दा ओलीको चर्को आलोचना
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा तत्कालीन एमालेका महासचिव माधव कुमार नेपाल र काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरेका छन् । सो कार्यका लागि तत्कालीन एकताकेन्द्र मसालका नेता नारायणकाजी श्रेष्ठको भूमिकाको पनि उनले प्रशंशा गरे ।
शान्ति सम्झौतादेखि देशलाई गणतन्त्रसम्म लैजाने वातावरण माधव नेपाल, गिरिजाप्रसाद कोइराला लगायतले निकै महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रचण्डले प्रशंशा गरे । प्रचण्डले राजतन्त्र फाल्ने पृष्ठभूमिका रुपमा तत्कालीन ७ दल र माओवादीबीच ऐतिहासिक १२ बुँदे सम्झौता भएको र त्यसकै बेलमा माओवादी शान्तिपूर्ण राजनीतिमा आउँदै अहिलेको अवस्थामा पुगिएको बताए ।
पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा टुटफुटले पार्टीमा क्षति भएको उल्लेख विस्तारै पार्टीलाई बलियो एकताको नीति लिइएको उल्लेख गरे । जसअनुसार एमालेसँग पार्टी एकता गरेर नेकपा बनाइएपनि त्यो टिक्न नसकेको उल्लेख गरे ।
आफ्नो प्रतिवेदनमा ओलीको चर्को आलोचना गरेका प्रचण्डले सुशासन र विकासको अपेक्षासहित एकता गरिएपनि ओलीको स्वार्थका कारण टिक्न नसकेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण