बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन जनसमुदायसँगै श्रम गर्नुपर्ने

सोमबार, १२ पुस २०७८, १६ : २३
सोमबार, १२ पुस २०७८

नेकपा माओवादी केन्द्रका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा पनि १५ दिन कृषिमा आधारित श्रम गर्नुपर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षले आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरेका हुन् ।

जारी महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन स्थानीय कृषि फर्म वा स्थानीय जनसमुदायसँग सँगै बसेर श्रम गर्ने उल्लेख छ ।

पार्टीको प्रदेश कमिटीले कम्तीमा सय जनालाई प्रत्यक्ष रोजगारी दिने गरी कृषि उद्यम बजार केन्द्र, चिस्यान केन्द्रसम्बन्धी उद्योग स्थापना गर्ने पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप