प्रचण्डको प्रतिवेदनमा विश्वका १० धनी व्यक्तिको चर्चा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा विश्वका १० धनी व्यक्तिको चर्चा गरेका छन् । सोमबारबाट सुरु भएको माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमा धनी र गरीब देशबीचको खाडल झन भयानक बन्दै गएको उल्लेख गरेका छन् ।
सोही क्रममा प्रचण्डले आफ्नो प्रतिवेदनमा यो तथ्य पुँजीवादी अर्थशास्त्रीहरूले नै स्वीकारेको बताएका छन् । वर्गीय अन्तरविरोधको चर्चा गर्दै प्रचण्डले भनेका छन्, ‘आज विश्वका सयजना मात्र धनी व्यक्ति मिले पुरै संसार कब्जा गर्न सक्ने भयानक स्थिति छ ।’
उनले संसारको कुल जनसंख्याको २५ प्रतिशतबाहेक ७५ प्रतिशत जनता अल्पविकसित देशमा रहेको बताएका छन् । जसमा संसारको कुल सम्पतिको १५ प्रतिशतमात्र रहेको प्रचण्डको भनाइ छ । झण्डै ८५ प्रतिशत सम्पति २५ प्रतिशत जनसंख्या रहेका धनी देशमा रहेको भन्दै उनले त्यो सम्पति पनि सिमित धनाढ्यहरुको कब्जामा रहेको बताएका छन् । उनले दश प्रमुख धनाढ्यहरुको नामै किटेका छन् । फ्रान्सका एक धनाढ्यको कुल सम्पति १८६ दशमलव ३ अमेरिकी बिलियन डलर रहेको प्रचण्डले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
प्रतिपक्षमा रहेका पार्टीका दलित जनसंगठनको संयुक्त विरोधसभा