नेप्से फेरि ६९ अंकले ओर्लियो, राताम्मे बजारमा साढे पाँच अर्बको कारोबार
सोमबार, १२ पुस २०७८, १६ : ०३

केही दिनयताको सुधारोन्मुख सेयर बजार पुनः ओरालो लागेको छ । गत आइतबार ७१ अंक माथिले बढेको बजारमा आज सोमबार एकैदिनमा करिब ७० अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ६९.७७ अंकले घटेर २५ सय २१.६५ विन्दुमा ओर्लिएको छ ।
यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १०.८५ अंकले घट्दै ४७१.८९ विन्दुमा झरेको छ । आज सबै उप सूचक ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ । झण्डै ७० अंकले घटेको बजारमा आज पाँच अर्ब ६० करोड ७४ लाखको कारोबार भएको छ । गत आइतबार ७१ अंक माथिले बढेको बजारमा ५ अर्ब १७ करोड ३२ लाखको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित
-
सरकारले जफत गर्यो खुमबहादुर खड्काको जग्गा
-
युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
-
बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी
-
नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर