बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से फेरि ६९ अंकले ओर्लियो, राताम्मे बजारमा साढे पाँच अर्बको कारोबार

सोमबार, १२ पुस २०७८, १६ : ०३
सोमबार, १२ पुस २०७८

केही दिनयताको सुधारोन्मुख सेयर बजार पुनः ओरालो लागेको छ । गत आइतबार ७१ अंक माथिले बढेको बजारमा आज सोमबार एकैदिनमा करिब ७० अंकको गिरावट आएको हो ।   नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ६९.७७ अंकले घटेर २५ सय २१.६५ विन्दुमा ओर्लिएको छ ।

यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १०.८५ अंकले घट्दै ४७१.८९ विन्दुमा झरेको छ । आज सबै उप सूचक ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ । झण्डै ७० अंकले घटेको बजारमा आज पाँच अर्ब ६० करोड ७४ लाखको कारोबार भएको छ । गत आइतबार ७१ अंक माथिले बढेको बजारमा ५ अर्ब १७ करोड ३२ लाखको कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप