जनताले माओवादी केन्द्र र अन्य पार्टीमा खासै भिन्नता देखेनन् : प्रचण्ड
सोमबार, १२ पुस २०७८, १५ : ४९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको तहबाट नेकपा माओवादी केन्द्र र अन्य पार्टीबीच खासै भिन्नता नदेखिएको बताएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले पार्टीका नेता, कार्यकर्तामा सांस्कृतिक रुपान्तरणको खाँचो औंल्याउँदै यस्तो बताएका हुन् ।
‘कमिसन, भ्रष्टाचार, अनियमितता, व्यक्तिवाद, पदप्रतिको आशक्ति बढ्दो छ । यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टीका रुपमा समाजवादको यात्रा असम्भव छ,’ उनले राजनीतिक प्रतिवेदनमा भनेका छन् ।
अतः सांस्कृतिक रुपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनीतिक संगठन र आचरणको तहबाट गम्भीर बहस गरी साझा निष्कर्षका साथ योजना बनाएरै अघि बढ्नुपर्ने खाँचो उनले औंल्याएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण