बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिगामी र प्रतिक्रान्तिकारी षड्यन्त्र रोक्ने यस्ता छन् प्रचण्डका चार उपाय

सोमबार, १२ पुस २०७८, १५ : ४२
सोमबार, १२ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी र प्रतिक्रान्तिकारीहरुको षड्यन्त्र रोक्ने चार उपाय अपनाउनुपर्ने बताएका छन् ।  आठौं महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी तत्वहरु विभिन्न रुपमा सल्बलाइरहेको  भन्दै त्यसका लागि क्रान्तिकारी पार्टीको नाताले विभिन्न उपाय अपनाउन जरुरी रहेको बताएका छन् । 

यस्ता छन् प्रचण्डका चार उपाय 
क.) परिवर्तनको प्रमुख वाहक हुनुको नाताले सवभन्दा पहिलो हामीले आफ्नै पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक रुपले बलियो बनाउँदै जनमानससँगको सम्बन्ध विस्तार गर्नुको विकल्प छैन । प्रतिक्रियावादी र प्रतिगामी तत्वको प्रतिपादनका लागि सडक मोर्चाकै लागि तयारी अवस्थामा लाग्नुपर्दछ ।

संसद विघटन गर्ने प्रतिगामी कदम सडक संघर्षबाटै विफल भएको कुरा हामीले कहिल्यै भुल्न हुँदैन । सुदृढ पार्टी, व्यापक जनसंगठन, घनिष्ट जनसम्बन्ध र राष्ट्रहितका निमित्त कठोर संघर्षको तयारी नै हाम्रो विजयका आधार हुन् । 

ख.) बैदेशिक प्रतिक्रियावादी दलाल हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधिनताको आन्दोलन निरन्तर अगाडि बढाएर मात्र जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्दै समाजवादी क्रान्तिका आधारहरु तयार हुन्छन् । आन्तरिक सुदृढिकरण, जनताका समस्या पहिचान गरेर मात्रै बाह्य हस्तक्षेप निस्तेज पार्न सकिन्छ । 

ग.) संविधान, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधिनताको रक्षाको मुद्दामा समान विचार राख्ने वामपन्थी,लोकतान्त्रिक राजनीतिक दलहरु र सम्पुर्ण देशभक्त जनशक्तिसँग सम्बन्ध कायम गरी प्रतिगामी र प्रतिक्रियावादी विरुद्धको संघर्षको तायरीलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्दछ । 

घ.) समाजवादको आधार तयार गर्न समाजवादउन्मुख आर्थिक नीति जसमा सामाजिक न्याय, सार्वजनिक सहकारी,नीजि क्षेत्रको समन्वयमा अगाडि बढ्न ठोस नीति र भूमिकाको जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप