राजनीतिक प्रतिवेदनमा संविधानका कमजोरी केलाए प्रचण्डले
सोमबार, १२ पुस २०७८, १५ : २२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी भएको संविधानमा धेरै कुरा सकारात्मक हुँदाहुँदै पनि केही कमजोरी रहेको जनाएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले संविधानमा केही सीमा रहेको उल्लेख गरेका हुन् ।
निर्वाचन प्रणाली, शासकीय स्वरुप, उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको पहिचान र अधिकारसहितको सही संघीयता र जनअपेक्षालाई संविधानले संस्थागत गर्न नसकेको उनको भनाइ छ । आफ्नो पार्टीले यिनै विषयमा संविधानसभामै आफ्नो फरक मत राखेको पनि उनले उल्लेख गरेका छन् ।
समाजवाद उन्मुख मुल कार्यदिशाको अंशका रुपमा अब ती मुद्दा पूरा गर्न सडक, संसद र सरकारको मोर्चाबाट जोड गर्ने पनि उनले राजनीतिक प्रतिवेदनमा जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण