बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक प्रतिवेदनमा संविधानका कमजोरी केलाए प्रचण्डले

सोमबार, १२ पुस २०७८, १५ : २२
सोमबार, १२ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी भएको संविधानमा धेरै कुरा सकारात्मक हुँदाहुँदै पनि केही कमजोरी रहेको जनाएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले संविधानमा केही सीमा रहेको उल्लेख गरेका हुन् । 

निर्वाचन प्रणाली, शासकीय स्वरुप, उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको पहिचान र अधिकारसहितको सही संघीयता र जनअपेक्षालाई संविधानले संस्थागत गर्न नसकेको उनको भनाइ छ । आफ्नो पार्टीले यिनै विषयमा संविधानसभामै आफ्नो फरक मत राखेको पनि उनले उल्लेख गरेका छन् ।

समाजवाद उन्मुख मुल कार्यदिशाको अंशका रुपमा अब ती मुद्दा पूरा गर्न सडक, संसद र सरकारको मोर्चाबाट जोड गर्ने पनि उनले राजनीतिक प्रतिवेदनमा जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप