प्रचण्डको राजनीतिक प्रतिवेदन : राजनीति निकै तरल र चुनौतिपूर्ण
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका छन् । पार्टीको महाधिवेशन अन्तरगत सोमबारदेखि सुरु भएको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका हन् ।
‘देशको राजनीति निकै तरल र चुनौतिपूर्ण छ । निरंकुश तत्वहरुले टाउको उठाइरहेका छन्’, प्रचण्डले आफ्नो प्रतिवेदन बाचन गर्दै भने, ‘देशभित्रको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थीहरुको मोर्चाबन्दीबाट सचेत हुनु जरुरी छ ।’
प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलनमा जनताको व्यापक सहभागिताले उनीहरु परिवर्तनको पक्षमा रहेको प्रष्ट भएको पनि उल्लेख गरे । प्रचण्डले वाम लोकतान्त्रिक शक्ति बीचको आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकारका सेटिङ भत्काउन सकिएको पनि प्रचण्डले बताए ।
प्रचण्डले नयाँ–नयाँ शैलीमा प्रतिगमनको प्रयास गर्ने क्रम नरोकिएको पनि बताए । उनले परिवर्तनको रक्षा गर्नु पार्टीको प्रमुख जिम्मेवारी रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप पुग्नथाल्यो कर्णालीको अदुवा र बेसार
-
१२ बजे, १२ समाचार : काठमाडौं जिल्ला अदालत उपस्थित भएका रवि फेरि प्रहरी हिरासतमादेखि टियू अन्तर्गतका २४ क्याम्पस प्रमुखको नियुक्तिसम्म
-
चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द
-
केही सञ्चारमाध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत
-
ललितपुर महानगरद्वारा पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति
-
यस्ता छन् नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर–सरकारी समिति बैठकका निर्णय