किड्स अफ द इयर इन्टरनेशनल नेपालको ट्यालेन्ट राउन्ड सम्पन्न
‘किड्स अफ द इयर इन्टरनेशनल नेपाल २०२१’ का ४० प्रतियोगी आआफ्नो ट्यालेन्ट देखाएका छन् । बनेपास्थित लिटिल स्टार फन पार्कमा आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले आफ्नो विभिन्न प्रतिभा प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, वक्तृत्वकला, चित्रकला, ओरिग्राफी लगायतका आफूमा भएको प्रतिभा प्रदर्शन गरे । ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा ‘ट्यालेन्ट’ उपाधि छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाकै दिन हुने आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले बताए । ट्यालेन्ट शोमा मिस काभ्रे २०१८ रुविला श्रेष्ठ, फेसन डिजाइनर श्रीषा बैदार, नृत्य निर्देशक अनुप डंगोल, ब्युटिसियन डिभाको फष्ट रनरअप प्रेक्षा श्रेष्ठ लगायत निर्णायक रहेका थिए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गर्दै आएको प्रतियोगिताको यो तेस्रो संस्करण हो । प्रतियोगिताको फाइनल २४ पुसमा आयोजना हुँदैछ ।
७ वर्षदेखि १३ वर्ष सम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगिताका प्रतियोगी व्यक्तित्व विकास, नृत्य तथा अभिनय प्रशिक्षण, ड्रेस सेन्स लगायत विभिन्न प्रशिक्षण सहित फाइनलमा उत्रनेछन् ।
फैजुकै कोरियोग्रफी रहने प्रतियोगितामा श्रीषा बैदार फैजुले प्रतियोगीको ड्रेस डिजाइन तयार गर्नेछिन् । शीर्षसहित विभिन्न उप–विजेता समेत छानिने प्रतियोगिताको मुख्य प्रयोजक इमामी इन्डिया लिमिटेड र सहयोगी झण्डु चवन प्रास रहेको छ ।
विजेताले इन्डोनेसियाको बालीमा आयोजना हुने ‘किड्स अफ द इयर इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यसको अलावा विजेताले विभिन्न उपहारसमेत प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी