आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा

सोमबार, १२ पुस २०७८, १४ : ५२
सोमबार, १२ पुस २०७८

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको छ । सोमबार सहिद सुरावर्दी कभर्डहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो । 

सुरुआतबाटै दबाब बनाएको नेपालले २५–८, २५–१४, २५–१६ ले खेल आफ्नो पक्षमा पारेको हो । सलिना श्रेष्ठ, शान्ति थारु, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल लगातार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । 

अब, नेपालले उपाधिका लागि भोलि (मंगलबार) उज्वेकिस्तानसँग खेल्नेछ ।  बिहीबारदेखि जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाली महिला टोलीले श्रीलंकासँग ३(२ को जित निकालेको थियो । दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा आयोजक बंगलादेश र चौथो खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो । 

यसअघि महिला टोलीले बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो । प्रतियोगितामा साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोलीको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप