शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् माओवादी महाधिवेशनको बन्दसत्र

सोमबार, १२ पुस २०७८, १२ : २७
सोमबार, १२ पुस २०७८

नेकपा माओवादी केन्द्रको बन्दसत्र राजधानीको कमलादीमा सुरु भएको छ । राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन भएको माओवादीको सोमबारदेखि बन्दसत्र सुरु भएको हो। ​बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने कार्यक्रम छ ।

सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैर भौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप