
नेपालको पहिलो ‘अल्ट्रा–थिन’ बेबी डाइपर बजारमा

जस्मिन हाइजिन प्रडक्टसले अल्ट्रा–थिन बेबी डाइपर बजारमा ल्याएको छ । विगत १५ वर्षदेखि नेपालमै सेनेटेरी प्याड तथा बच्चाको डाईपर उत्पादन गर्दै आएको कम्पनीले नयाँ डाइपर ल्याएको हो ।
कम्पनीले बजारमा ल्याएको ‘सफ्ट एण्ड ड्राइ प्रिमियम प्यन्टस्’ मा उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरिएको बताएको छ । यस्तो डाइपर नेपालमै पहिलोपटक उत्पादन गरिएको कम्पनीले दाबी गरेको छ । यो उत्पादन लगाउन सजिलो हुनुका साथै अन्य डाइपरजस्तो ठूलो नदेखिने समेत कम्पनीको भनाई छ ।
यस डाईपरमा थ्रीडी इम्बोस्ड टपसिट रहेको छ । जसले पानी बढी सोस्ने र हावाको सर्कुलेसन बनाइ राख्ने बताइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ