आलोचनापछि हट्यो महाधिवेशनस्थलबाट प्रचण्डको ‘कटआउट’
नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा राखिएको अध्यक्ष प्रचण्डको ‘कटआउट’ हटाइएको छ । महाधिवेशनको पहिलो दिन कमलादी परिसरमा प्रचण्डको कटआउट राखिएकामा त्यसप्रति आलोचना भएसँगै दोस्रो दिन हटाइएको हो ।
माओवादी केन्द्रका नेता सुदन किँरातीले कटआउट महाधिवेशनस्थलबाट हटाइएको बताए । नेतृत्वलाई थाहै नदिइ निकटस्थले चाकडी गर्नका लागि राखिएको उनले आरोप लगाएका छन् । ‘नेतृत्वलाई थाहै नदिइ गरिएको चाकडी हटाइसकिएको सबैलाई जानकारी । चाकडी प्रवृत्ति मूर्दावाद !’ किँरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।
आइतबार प्रचण्डको कटआउटलाई पृष्ठभूमि बनाएर नेता कर्ताकर्ताले धमाधम सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको थियो भने त्यसको आलोचना भएको थियो । प्रचण्डमा पनि ओली प्रवृत्ति देखिएको भन्दै कतिपय सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका हुन् । माओवादी केन्द्रको महाधिवेशनअन्तरगत सोमबारदेखि कमलादीमै बन्दसत्र सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी