आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता

सोमबार, १२ पुस २०७८, १२ : ००
सोमबार, १२ पुस २०७८

जिल्ला प्रहरी कार्यालय हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता भएका छन् । ०७७ पुसदेखि ०७८ पुषसम्म एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय हुम्लामा सो परिमाणको मुद्दा दर्ता भएका हुन् ।

गाउँघरमा मिलापत्र हुने भएका कारण जिल्ला प्रहरी कार्यालयमा कम दर्ता हुने गरेका छन् । जसमा कुटपिट, खाना लाउन नदिएको, सामान्य झैझगडा गरेकाको हकमा ठाडो उजुरी परेका १४ वटा घटनाबाहेक अन्य भवितव्य, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, जुवातास, अभद्र व्यवहार, सवारी, चोरी, ठगी, झुण्डिएको, ज्यान मार्ने उद्योग, बहुविवाह, अपहरण तथा शरीर बन्धकलगायतका रहेको प्रहरी निरीक्षक दामु पुनले बताए ।

महिला सेलमा ठाडो उजुरी परेर आएकामध्ये कुटपिट, खाना लगाउन नदिएको सामान्य झैझगडा गरेर निवेदन दिनेहरूका लागि दुवै पक्षलाई झिकाएर कानुनी परामर्श दिई मिलापत्र गराएर घर पठाएको महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी जवान मीना आलेले बताइन् ।

महिला तथा बालबालिका सेवा केन्द्रमा कुटपिटका चार, खाना लाउन नदिएको चार, सामान्य झै झगडाका चार, मदिरा सेवन गरी दिएको धम्कीको दुईवटा छन् । भवितव्य १६, जवरजस्ती चार, जबर्जस्ती करणी उद्योग तीन, जुवातासको एक, अभद्र व्यवहारका पाँच, सवारी ज्यानको एक, चोरीका तीन, ठगीको एक, आपराधिक एक, ज्यान मार्ने उद्योग एक, बहुविवाहका दुई, अपहरण तथा शरीर बन्धक एक गरी ५३ वटा मुद्दाको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले जघन्य अपराध बाहेकका सामान्य घरयासी झै झगडाका मुद्दा मेलमिलाप गरेर घर पठाउने गरेकोछ । मेलमिलाप गरी पठाइसकेपछि पुनः दोहोरिएर जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्न नआएको महिला सेलका प्रमुख आलेले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप