बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरी बलात्कारको अभियोगमा बूढानीलकण्ठबाट एक जना पक्राउ

सोमबार, १२ पुस २०७८, ११ : ५१
सोमबार, १२ पुस २०७८

चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजधानीको बूढानीलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावा रहेका छन् । 

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको खुलेको प्रहरीको भनाइ छ ।  लाक्पालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप