न्युयोर्कमा कोभिडको नयाँ भेरियन्ट : बालबालिकाले भरिए अस्पताल
![न्युयोर्कमा कोभिडको नयाँ भेरियन्ट : बालबालिकाले भरिए अस्पताल](https://rpcdn.ratopati.com/media/albums/vaccine_Gm614gYtBJ.jpg)
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै अमेरिकामा त्यसको असर बालबालिकामा देखिएको छ । पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको विवरणहरू सार्वजनिक भएका छन् ।
पछिल्लो समयमा कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो बढिरहेका बेला बिरामी बालबालिकाले अस्पताल भरिएका छन् ।
न्युयोर्कका कोभिड अस्पतालमा बालबालिकाको चाप चार गुणाले बढेको छ । भर्ना भएकामध्ये आधा बालबालिका पाँच वर्ष मुनिका छन् । यो उमेर समूहका बालबालिकाले अहिलेसम्म खोप लगाउन पाएका छैनन् ।
अमेरिकामा कोभिड संक्रमितको संख्या फेरि बढेको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार पछिल्लो एक सातामा औषतमा दैनिक संक्रमितको संख्या १ लाख ९० हजारसम्म पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
-
जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत
-
‘मायामा ठ्याक्क ठुक्क’मा बोल्ड सुरक्षा
-
टिकटकले गुहार्यो अमेरिकी सर्वोच्च अदालत
-
सरोकारवालाले अपनत्व लिने गरी शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर
-
कानुनको अभावले सङ्घ र प्रदेशबिच अन्तर्विरोध देखिएका छन्: अध्यक्ष दाहाल