आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा एक महिलाको विभत्स हत्या

सोमबार, १२ पुस २०७८, ११ : ०४
सोमबार, १२ पुस २०७८

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको विभत्स हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी र बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानाकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप