क्रिसमस पार्टी भइरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ८ जनाको मृत्यु
सोमबार, १२ पुस २०७८, १० : ३६

लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आत्मघाती बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो ।
सिएनएनका अनुसार क्रिसमस पार्टी चलिरहेको अवस्थामा इनबक्स बारमा बिस्फोट गराइएको थियो । विस्फोटमा परी २० जना घाइते भएका सरकारका प्रवक्ता प्याट्रिक मुयायाले जानकारी दिएका छन् ।
यो हमला उक्त क्षेत्रमा कंगो र युगान्डा फोर्सले इस्लामबादीहरुको विरुद्ध गरेको अनुमान गरिएको छ ।
आत्मघाती बम विस्फोट गराउने व्यक्तिलाई सुरक्षागार्डले रोक्ने प्रयास गरेका थिए । तर उसले बम सक्रिय गराएर भित्र छिरेको थियो ।’ सरकारका क्षेत्रीय प्रवक्ताले जानकारी दिए । सुरक्षा निकायका अनुसार मृत्यु हुनेमा दुई महिला र एक जना किशोरी पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा
-
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा