‘स्पाइडर म्यान : नो वे होम ’ बन्यो महामारीको समयमा १ बिलियन डलर कमाउने पहिलो फिल्म

स्पाइडर म्यान फ्रेन्चाइजीको नयाँ फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ महामारीको समयमा अन्तरराष्ट्रिय बक्स अफिसमा १ बिलियन डलरभन्दा बढी कमाई गर्ने पहिलो फिल्म बनेको छ ।
यसका साथै कमाईकमो मामिलामा सन् २०२१ को सबैभन्दा ठूलो फिल्म बनेको छ ।
यसले चीूनको कोरियाली युद्धमा बनेको फिल्म ‘द ब्याटल अफ लेक चांगजिन’ लाई पछि पारेको छ जसले संसारभरी ९०५ मिलियन डलरभन्दा बढी कमाएको थियो ।
मिडिया डेटा एनालिटिक्स फर्म कमस्कोरका अनुसार यसअघि १ बिलियन डलरभन्दा बढी कमाउने फिल्म सन् २०१९ मा रिलिज भएको ‘स्टार वार्स ः द राइज अफ स्काइवाकर’ थियो ।
दुई वर्ष अघि महामारी सुरु भएपछि कुनै अन्य हलिउड फिल्म स्टार वार्सको बक्स अफिस कलेक्सन आसपास पनि आउन सकेको थिएन ।
यो फ्रेन्चाइजीको सन् २०१९ को फिल्म ‘स्पाइडर म्यान : फार फ्रम होम’ बक्स अफिसमा एक बिलियन डलर कमाईको आँकडा तोड्ने पहिलो स्पाइटर–म्यान फिल्म थियो र वर्तमानमा कमस्कोरका अनुसार विश्वव्यापी टिकट बिक्रीमा १.१३२ बिलियन डलरसहित फ्रेन्चाइजीमा सबैभन्दा बढी कमाउने फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटस’ जारी गर्न पत्राचार
-
‘महाभोज’ सहकारी पीडित जनताको कथा हो : दयाहाङ राई
-
एक साता भित्रै मन्त्री छान्ने काम पूरा हुन्छ : घनश्याम चौधरी
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह