
नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ कम्पनीको प्रस्ताव

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ८ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो ।
७ पुषसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ कम्पनीले प्रस्ताव पेश गरेका हुन् । सवारी चाप यो क्षेत्रमा बढी देखिएकाले तत्काल यो क्षेत्रको सवारी व्यवस्थापन गर्न ग्वार्को चोकमा फ्लाइओभर निर्माण गरिने विकास केन्द्रको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ