प्राध्यापक सुवेदीद्वारा दक्षिण अफ्रिकाका नेता टुटुको निधनमा दु:ख व्यक्त
बेलायतका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीले दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता तथा विश्व मानवतावादी अभियन्ता डेसमोन्ड टुटुको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । सुवेदीले आइतबार एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।
दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार निधन भएको थियो । टुटुले लन्डन किङ्स कलेजमा अध्ययन गरेका थिए । बेलायतको हल विश्वविद्यालयमा आफूले प्राध्यापक भई काम गर्दा टुटुको उक्त विश्वविद्यालयमा भएको भ्रमणको आयोजकमध्ये एक प्रा. सुवेदीले टुटुको निधनले संसारले एउटा महान विचारक र अभियन्ता गुमाएको बताएका छन् ।
हल विश्वविद्यालयमा टुटुले ३/४ पटक प्रवचन दिंदा त्यसले प्रा. सुवेदी, उनका विद्यार्थी र अन्य प्राध्यापकलाई गहिरो छाप परेको सुवेदीले बताए । टुटुको एउटा प्रवचनमा त आफ्नो परिवार नै लगेको र आफ्ना छोरा छोरीलाई त्यो प्रवचनले धरै प्रेरणा दिएको सुवेदीले स्मरण गरे ।
दासत्व प्रथा संसारभर उन्मूलन गर्ने अभियानको नेतृत्व गरेका विलियम वील्वरफोर्सको सम्मान र सम्झनामा हल विश्वविद्यालयमा परम्परागत र आधुनिक प्रकारका दासत्व उन्मूलन सम्बन्धि अध्ययन र अनुसन्धानका लागि एक विशेष संस्था स्थापना गरिएको छ । सो संस्थाले संसारभरबाट प्रतिष्ठित विचारक र अभियन्ताहरुलाई प्रवचनका लागि आमन्त्रण गर्ने गर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार प्रतिवादी खोज्दा प्रहरीका बहालवाला इन्स्पेक्टर भेटिए
-
व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
-
अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो
-
अवैध पेस्तोलसहित एक युवा पक्राउ
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन