सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

हत्याका आरोपी दासलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाए

सोमबार, १२ पुस २०७८, ०७ : २१
सोमबार, १२ पुस २०७८

रौतहटको कटहरिया नगरक्षेत्रभित्र लामो समयदेखि फरार  एकजना हत्याका आरोपीलाई गाउँलेले पक्राउ गरेर  प्रहरीलाई बुझाएका छन् । कटहरिया १ भसेढवाकासन्दीप यादवको हत्याको आरोपमा फरार रहेका सोही वडा खोर टोलका ४० बर्षीय  लक्ष्मी दास तत्मालाई गएराति गाउँलेले पक्राउ गरि प्रहरीलाई बिझाएका हुन् ।

सन्दीप यादवको हत्या गरेर फरार भएको आरोप लागेका दास आइतबार राति लुकिछिपी  घरमा आउने बिशेष सूचनाको आधारमा गाउँलेहरु खोरटोलको छेउमा कुरेर बसेका थिए ।

गएराति ८ बजे मुख छोपेर मोटरसाइकलमा आएका हत्याका आरोपी दासलाई गाउँलेहरुले मोटरसाइकलसहित पक्राउ गरी सशस्त्र बेस क्याम्प पोखरभिण्डामा बुझाएका थिए । त्यसपछि लगत्तै सशस्त्र प्रहरीले उनलाई नेपाल प्रहरीलाई बुझाएको छ ।


प्रहरी चौकी हरिनगर पोखरभिण्डाका प्रमुख असई संजय यादवले घटनाको पुष्टि गर्दै पक्राउ परेका हत्याका आरोपी दासलाई राति नै ईलाका प्रहरी कार्यालय बिजयपुर पठाईएको जानकारी दिए ।

डेढ वर्षअघि आन्तरिक विवादको कारण सन्दीप यादवलाई कुटपिट गरि हत्या गरिएको थियो ।  हत्यामा संलग्न रहेका केही मानिस यसअघि पनि पक्राउ परेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप