ad
x
अन्तरवार्ता

माओवादीको समस्या : अण्डा पार्ने, चल्ला नकोरल्ने !

person explore access_timeपुस १२, २०७८ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्या शिक्षामन्त्री एवं स्थायी समिति सदस्य देवेन्द्र पौडेलले धेरै मिडियामा अन्तरवार्ता दिए । यही सिलसिलामा रातोपाटीले पनि मन्त्री पौडेलसँग अन्तरवार्ता लिएको छ, तर अलि फरक ढंगले । माओवादीमा अन्तरनिहीत विभिन्न ‘कम्पोनेन्ट’मध्ये पूर्वमसाल र पूर्वएकताकेन्द्रका विषयमा पनि हामीले पौडेललाई सोध्यौँ ।


माओवादीका समस्या र कमजोरीहरू के–कस्ता छन् भन्ने प्रश्नमा मन्त्री पौडेलले रोचक प्रतीकात्मक जवाफ दिए । उनले भने, ‘माओवादीको समस्या फुल पार्ने तर नकोरल्ने । भाले–पोथी मिलेर गुँड बनायो, फुल पार्यो, त्यो फुलबाट चल्ला कोरल्ने बेलामा छोडेर हिँड्ने !’



महाधिवेशनबाट माओवादीको केन्द्रीय पदाधिकारीमा चुनिने अपेक्षा राखेका पौडेललाई हामीले माओवादीभित्र दुईलाइन संघर्ष या वैचारिक बहस छ कि छैन भनेर प्रश्न गर्दा उनले भने, ‘वैचारिक बहस किन नहुनु ? छ । दुई लाइन, तीन लाइन भनेर प्रकट छैन, तर छलफल बहसका रुपमा छ ।’



हामीले पौडेललाई अर्को प्रश्न सोध्यौँ, ‘तपाईंले शिक्षामन्त्री भएपछि के काम गर्नुभयो भनेर राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूले सोधे भने तपाईंसँग के जवाफ छ ?’ पौडेलले भने, ‘पाँच/छ वटा बलिया जवाफ छन् मसित ।’ प्रस्तुत छ, माओवादीका युवा नेता एवं शिक्षामन्त्री पौडेलसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश–



माओवादीको महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा मसालको एउटा समूहमा माओवादी केन्द्रमा प्रवेश गर्‍यो । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले मसालबाट आएका मान्छेहरू इमान्दार र मेहनती हुन्छन् तर, हामी सत्तामा गएपछि अलिकति बिग्रेको जस्तो भएका छौँ, सफाई अभियानलाई यसले सहयोग नै पुग्छ भन्नुभयो । इतिहासतिर फर्केर हेर्दा माओवादी पार्टीभित्र पूर्वमसालबाट आएका धेरै नेताहरू रहेछन् । जस्तो– तपाईं, राम कार्की, केशव नेपाल, डिलाराम आर्चाय लगायत । अहिले लोकेन्द्र लम्साल नेतृत्वको अर्को पंक्ति पनि आएको छ । अब माओवादीभित्र मसालको स्कुलिङ मजबुत भएको हो ? यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?



यहाँले निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । हामी यहाँसम्म कसरी टिकेर आयौँ भनेर पनि कहिलेकाँही समीक्षा गर्छौँ । म आफैं पनि चौथो महाधिवेशनबाट सक्रिय भएको मान्छे हुँ । चौथो महाधिवेशनपछि दुईतिर फुट भएको मसाल प्रत्यक्ष देखेर आएको पात्र भएको हुँदा त्यो पृष्ठभूमिका साथीहरू राजनीतिमा निरन्तर सक्रिय भइरहनु त्यसका पछाडिको मुख्य कारण भनेको विचार, निष्ठा र प्रशिक्षणको कारणले नै टिकेका हौँ । मलाई तपाईंले सोध्नुभयो भने पनि मार्क्र्सवादसँग सम्बन्धित कतिपय ज्ञान पढ्नुपर्छ, मिहेनत गर्नुपर्छ र घरपरिवार भन्दा देश र जनताप्रति प्रतिवद्ध भएर लाग्नुपर्छ भन्ने कुराको प्रशिक्षण हामीले पहिले नै लिइसकेका थियौँ ।



दुर्भाग्य ! टोपबहादुरजी र बाबुरामजी यो महाधिवेशनमा रहनुभएन  । उहाँहरू पनि अहिले सँगै भएको भए त्यतिबेलाको टिम अहिले पनि सँगै हुन्थ्यौँ । राजनीतिमा त उहाँहरू पनि सक्रिय हुनुहुन्छ तर हुनुपथ्र्यो माओवादीमै ।

माओवादी पार्टीमा आइसकेपछि अर्को नयाँ कुरा सिक्यौँ, त्यो प्राप्त गरेको विचारलाई देशमा रहेको अन्याय अत्याचारका बिरुद्धमा बदल्नका निम्ति एक्सनमा जानुपर्छ भन्ने कुराको प्रेरणाको जग र सुरुवात हामीले माओवादीमा प्राप्त गर्‍यौँ । एकप्रकारले माओवादीमा हामी लिडिङ रोलमै रह्यौँ । माओवादी पार्टी नामकरण गर्नेदेखि लिएर विभिन्न तहका संघर्ष सुरुवात गर्नेदेखि लिएर मुख्य नेतृत्वमा म नभए पनि त्यसको कार्यान्वयनमा प्रत्यक्ष सहभागी भएको हुँदा आफैं पनि विषम परिस्थितिमा फौजी कारवाहीमा सहभागी भएको हुँदा विचारको बुझाई, भौतिक एक्सनको बुझाइ र त्यतिखेरको सशस्त्र युद्धको बुझाइको जिवन्त अनुभूति मसँग छ । यो जिवन्त अनुभूतिलाई कतिपय साथीहरूको पृष्ठभूमिलाई जोडेर हेर्दा मसालले अलिकति मार्क्सवादी दृष्टिकोणलाई नै जोडेर प्राथमिकता दिएको हुँदा अधिकांश साथीहरू टिकेको हुनुपर्छ ।

त्यो कार्यक्रममा म पनि थिएँ । कार्यक्रम सञ्चालन गर्ने साथी पनि मसाल पृष्ठभूमिबाट आउनुभएको थियो । त्यहाँ नेतृत्व गरेर प्रवेश गर्ने साथी पनि मसँगै सहकार्य गर्ने साथी हुनुहुन्थ्यो । लोकेन्द्र लम्साल र मेरो हिजोको पृष्ठभूमि दिएर डिलारामजीले त्यहाँ कुरा राख्नुभयो, मलाई खुसी पनि लाग्यो । यो कुराले व्यक्तिगतरुपमा मलाई गर्वको अनुभूति हुन्छ ।

जस्तो– यसमा अलिकति पृष्ठभूमितर्फ फर्किऔँ । तपाईं, हरिबोल गजुरेल, बाबुराम भट्टराई, टोपबहादुर रायमाझी र राम कार्कीहरू एउटै लटमा माओवादी (तत्कालीन एकताकेन्द्र) मा समाहित हुनुभएको होइन ?

हो, हामी त्यही लटमा हो । यो २०४७ सालको कुरा हो । २०४८ सालमा हामी एकता केन्द्र भयौँ । त्यसबेला बढी सक्रियताका साथ भूमिका निर्वाह गर्नेमा म पर्छु । टोपबहादुरजीलाई पनि निकै मिहेनत गरेर पछि हामीले उभ्याएको हो । त्यतिबेला सक्रियचाहिँ अखिल छैठौँका पूर्वकेन्द्रीय अध्यक्ष बीनबहादुर कुँवर हुनुहुन्थ्यो । उहाँ, बाबुराम भट्टराई र म निकै सक्रिय थियौँ । हरिबोल गजुरेल (शीतलकुमार) मसालको केन्द्रीय सदस्य भएको हुँदा हामीले सिनियर नेताका रुपमा उहाँलाई मानेर उहाँकै घर नजिक खयरमारामा भेला गर्यौँ । पार्टीको केन्द्रीय समितिमा हामी कोही पनि थिएनौँ । पार्टीको केन्द्रीय समितिबाट तपाईंले हामी सबैको नेतृत्व गर्नुपर्छ भनेर अनुरोध गरेपछि गजुरेलजी तयार हुनुभयो । खुसीको कुरा, आजसम्म उहाँ पार्टीमा निरन्तर सक्रिय भएर काम गरिरहनुभएको छ ।

मसालबाट राजनीतिक प्रशिक्षण पाएका व्यक्तिहरू राजनीतिमा सक्रिय छन् । चाहे जीवन शर्मा गीत गाउने नै किन नहोउन्, चाहे बाबुराम भट्टराई किन नहोउन्, टोपबहादुरको कुरा गर्नुस्, चाहे मेरो कुरा गर्नुस् । कहीँ न कहीँ सक्रिय हुने इच्छाशक्ति हामीले त्यतिबेला जाग्रित गरेका रहेछौँ । अझ त्यहाँबाट विद्रोह गर्नेहरू अझ बढी सक्रिय भएको पाएँ ।

तपाईंहरूपछि २०५७ सालमा दीनानाथ शर्मा, हेमराज भण्डारीहरू मसाल छाडेर माओवादीमा आउनुभयो हैन ?

त्यसपछि दीनानाथ शर्मा आउनुभयो । त्यसपछि डिलाराम आचार्यजी आउनुभयो, नवराज सुवेदीजी आउनुभयो । त्यसपछि केशव नेपालजीहरूदेखि लिएर विभिन्न चरणमा विभिन्न खालका साथीहरूको समायोजन भएको छ । हेर्दैै जाँदा मैले लिएको बाटोमा धेरै आउनुभएको छ । सुरुमा मैले लिएको बाटोमा हिँड्नलाई दीनानाथ शर्माकोमा गएको थिएँ । यो (माओवादीको) बाटो बेठीक छ, नजा भन्नुभयो । पछि उहाँले यो बाटो ठीक भएको बुझ्नुभयो र उहाँ आफैं आउनुभयो । अरु धेरै साथीहरूलाई भन्यौँ । ती साथीहरू एकपछि अर्को गर्दै कन्भिन्स हुँदै आउनुभएको छ ।

दुर्भाग्य ! टोपबहादुरजी र बाबुरामजी यो महाधिवेशनमा रहनुभएन  । उहाँहरू पनि अहिले सँगै भएको भए त्यतिबेलाको टिम अहिले पनि सँगै हुन्थ्यौँ । राजनीतिमा त उहाँहरू पनि सक्रिय हुनुहुन्छ तर हुनुपथ्र्यो माओवादीमै । बाबुरामसँग चालीसौँ बर्ष हाम्रो सहकार्य भएको हो । नेकपामा हुँदा टोपबहादुरजीसँग हामी पार्टी एकताको पक्षमा उभिऔँ तर रोज्नप¥यो भने अन्त्यमा माओवादी रोज्नुपर्छ भनेर मैले धेरै प्रयत्न गरेँ तर उहाँले मान्नुभएन । भोलि फर्केर आउनुहोला भन्ने अपेक्षा राखेको छु । अहिलेको पार्टी (एमाले) मा उहाँको ब्लड ग्रुप मिल्दैन । बिचार दृष्टिकोण नमिल्ने मैदानमा अर्काले स्थापित गरेको ठाउँमा कति सजिलो होला, त्यो उहाँहरूको कुरा हो । ब्यक्तिगत रुपमा सफलताको शुभकामना छ ।

सारमा के हो भने मसालबाट राजनीतिक प्रशिक्षण पाएका व्यक्तिहरू राजनीतिमा सक्रिय छन् । चाहे जीवन शर्मा गीत गाउने नै किन नहोउन्, चाहे बाबुराम भट्टराई किन नहोउन्, टोपबहादुरको कुरा गर्नुस्, चाहे मेरो कुरा गर्नुस् । कहीँ न कहीँ सक्रिय हुने इच्छाशक्ति हामीले त्यतिबेला जाग्रित गरेका रहेछौँ । अझ त्यहाँबाट विद्रोह गर्नेहरू अझ बढी सक्रिय भएको पाएँ ।

माओवादीभित्र अहिले पनि नारायणकाजी श्रेष्ठको नेतृत्वमा एकताकेन्द्रबाट समाहित हुने नेताहरूलाई अन्याय गरेजस्तो, गाली गरेजस्तो गरिन्छ भन्ने सुनिन्छ । यी जनयुद्धमा लडेका छैनन् भन्ने गरिन्छ । योखालको व्यवहार पूर्वमसालमाथि भएको महशुस हुन्छ कि हुँदैन ?

योचाहिँ भन्न हुँदैनजस्तो लाग्छ मलाई । जब हामीलाई एक–अर्काप्रतिको आवश्यकता बोध गरेर एकता गछौँ भने संगठनात्मक रुपमा त्यसलाई ग्रहण गर्नुपर्छ । माओवादीमा फरक प्रकृतिको समस्या भनेको यो पनि हो । आवश्यकताअनुसार समायोेजन गर्ने, ल्याउने, सँगै हिँड्ने तर संगठनात्मक रुपमा अलिकति खिसीटिउरी गर्ने, अपमान गर्ने काम गरियो भने यो माओवादीभित्रको समस्या हो । त्यसो गर्नुहुँदैन, त्यसो गरियो भने राम्रो हुँदैन । कुनैबेला कुनै तरिकाले मलाई पनि त्यस्तो व्यवहार भयो होला । तर, कहिल्यै मैले केही प्रकट गरिनँ । निरन्तर प्रवाहमा लागिरहेँ । जनयुद्धको सुरुवातीदेखि अन्तिमसम्म । मेरो जीवनमा एक वर्षचाहि माओवादीभन्दा बाहिर (नयाँशक्ति पार्टीमा) रहेँ । तर पनि माओवादीलाई सहयोग गरिरहेँ । अहिले फेरि पनि माओवादीमै छु । मलाई एकताबाट आएको पनि नभन्नुस भन्छु । म त ओरिजिनल माओवादी हुँ । लडेर आएको माओवादी हो । तर, अधिकांश साथीहरूले मलाई त्योरुपमा व्यवहार गर्नुहुन्न । म खुसी पनि प्रकट गर्न चाहन्छु ।

अब अध्यक्षले पूर्वमसालको प्रशंसा गरेर त्यो च्याप्टर क्लोज गरिदिनुभयो ?

अध्यक्षले सबै पृष्ठभूमिलाई समेट्नुभएको छ र पार्टीले ८ लाख सदस्य पुर्‍यायो । त्यही प्रवृति हावी भएको भए सदस्य कहाँ पुग्थ्यो र ? यहाँ नारायणकाजी कमरेड पनि हुनुहुन्छ, यहाँ हरिबोल पनि हुनुहुन्छ । यहाँ कृष्णबहादुर महरा, गणेश शाह पनि हुुनुहुन्छ । यहाँ डिलाराम, लोकेन्द्रपनि हुनुहुन्छ । माओवादीले फेरि पनि सबैपक्षलाई समेटेर जाने कुरा छ । सम्भवतः यो प्रशंग म किन जोडिरहेको छु भने प्रचण्डको सफलता यहीँनेर छ । सायद उहाँलाई पनि कसैले प्रभोक गर्छन् होला, प्रचण्डले प्रचण्डले गर्न सकेनन् भनेर अर्कै गर्न खोज्ने साथीहरू जो हिजो हुनुहुन्थ्यो, उहाँहरूले गर्न नसकेर पनि हो । सबै प्रकारका प्रवृत्तिहरूलाई समेट्ने कला, सबैलाई नजिक राख्ने खालको सोच उहाँमा छ । त्यो सोचलाई अझ बढोत्तरी गरेर अब जसको प्रतिभा र क्षमता छ, त्यसलाई सचेततापूर्वक अगाडि बढाउन खोज्नुभयो भने पार्टी बन्छ ।

अहिले प्रचण्डको विकल्प खोज्नुहुँदैन । प्रचण्डपछिका दोस्रो, तेस्रो तहका नेताहरूले यो पार्टीलाई समेटेर लान सकेको भए उहाँहरूको हैसियत बन्थ्यो । उहाँहरूले समीक्षा गर्दै हुनुहोला ठीक गरियो कि बेठीक गरियो भनेर ।

तर, पूर्वएकताकेन्द्रहरूलाई अलिअलि विभेद भइरहेको हो कि ?

मलाई त्यस्तो लाग्दैन । कहिलेकाँही छलफल हुँदा यस्ता प्रश्नहरू उठ्ने गर्छन् । कहिलेकाहीँ जनयुद्धमा सहभागी भएका साथीहरूको भावनामा त्यो जिवन्तता प्रकट हुँदाखेरि त्यसको अपनत्व र स्वामित्वको प्रश्न कहिलेकाहीँ उठ्ने गर्छ । तर पनि कमिटीमा समायोजन गर्ने कुरा, माओवादी बनाउने कुरामा अहिले त प्रचण्डपछि नारायणकाजी नै हुनुहुन्छ । नारायणकाजी भन्दा दुःखकष्ट गरेका अरु साथीहरू भएर पनि उहाँलाई नेतृत्व दिएर राखिएको छ । त्यसकारण उहाँलाई न्यूनीकरण गरेर राखियो कि भन्ने मलाई लाग्दैन ।

महाधिवेशनमा पदाधिकारीका लागि सबैले दाबी गर्ने भन्ने कुरा आइरहेको छ । अध्यक्षमा प्रचण्डको विकल्प छैन भनिएको छ, त्योबाहेक तपाईंको दाबी केमा रहन्छ ?

अहिले प्रचण्डको विकल्प खोज्नुहुँदैन । प्रचण्डपछिका दोस्रो, तेस्रो तहका नेताहरूले यो पार्टीलाई समेटेर लान सकेको भए उहाँहरूको हैसियत बन्थ्यो । उहाँहरूले समीक्षा गर्दै हुनुहोला ठीक गरियो कि बेठीक गरियो भनेर ।

तपाईंले संकेत गरेको मोहन वैद्य, डा.बाबुराम भट्टराई र बादलतिर हो ?

उहाँहरूसँग पनि मेरो भेट हुन्छ । मोहन बैद्यसँग पनि कहिलेकाहीँ भेटघाट हुन्छ । हामी अन्तरंग कुरा गर्छौँ । हस्पिटलमा पनि म भेट्न गएँ । भावना प्रकट भयो । कमसेकम प्रचण्डको आडमा उहाँलाई देख्न पाएको भए हुन्थ्यो । उहाँ भएको भए अर्कै अनुभूति हुन्थ्यो, उहाँले निरन्तर खबरदारी पनि गर्नुहुन्थ्यो । बैद्यजीले पार्टीमा के बोल्नुहुन्थ्यो भन्ने कुरा हुन्थ्यो । उहाँ नहुँदा हामीलाई ग्याप भएको महशुस भइरहेको छ । बाबुराम भट्टराईको हकमा पनि त्यही हो । उहाँसँग पनि कहिलेकाहीँ भेटघाट हुन्छ । यो कम्युनिष्ट पार्टी नै नभन्दा हुन्छ कि भन्ने कुरा गर्नुहुन्छ उहाँले । यहाँमार्फत मैले भन्न चाहेँ, यो नभन्नेहरू कसले भयानक राम्रो काम गरेर त भनेर म समीक्षा गर्छु ।

बादलसँग चाहि तपाईंको कुराकानी हुँदैन ? 

बादलजीसँग मेरो भेटघाट भएको छैन । पहिले–पहिले अलि बढी कुराकानी हुन्थ्यो । टोपबहादुरजीसँग पनि फोनमा कुराकानी हुन्छ ।

नेताहरू यसरी तितरवितर हुनुमा प्रचण्डको पनि केही कमजोरी छ कि ?

प्रचण्डले थुप्रै पारिवारिक जटिलता, उतार–चढावका बीचबाट पनि माओवादीको स्वामित्व लिने, जस–अपजस दुईटै लिने काम गर्नुभएको छ । हेग जाने कुरा वाहियात हल्ला हो । हल्ला गरेर कसैले मनौबैज्ञानिक टर्चर दिने कुरा गर्छ, त्यो सबै म जिम्मा लिन्छु भन्नुहुन्छ उहाँले । अब जतिसुकै झ्याउ झमेला भए पनि सबै कुराको जिम्मा लिएर अगाडि बढाउने कुरा गरिरहनु भएको हुनाले उहाँले नै फेरि एकपटक आफ्नो जीवनको उत्तराद्र्धको यो समय यो पार्टी पुनर्निर्माण गर्ने कुरामा, फेरि देशलाई समाजवादमा लाने भनिएको छ, यसमा फेरि एकपटक उहाँले पहल गर्नुपर्छ, मेहनत गर्नुपर्छ, सक्रिय हुनुपर्छ भनेर हामीले भनेका छौँ । यो आवश्यकता हो । त्यसकारणले फस्ट लिडरको हिसावले उहाँको विषयमा कुनै समस्या छैन ।

दोस्रो तहका नेताहरूको हकमा अहिले पदको निम्ति तछाँडमछाड गर्ने भन्दा पनि विचारको निम्ति वैचारिक कुरा र दस्तावेजमा केन्द्रित हुने समय हो यो एक–दुई दिन । विचारमा केन्द्रित हुने, लक्ष्य र उद्देश्यमा केन्द्रित हुने लक्ष्य र उद्देश्य प्राप्तिका निम्ति हामीले लिएको कार्यदिशा, दृष्टिकोण र विचारअनुरुपको संगठनात्मक प्रणालीमा कसरी अभिव्यक्त गर्ने भन्ने कुरातिर केन्द्रीत हुने समय हो यो । यो प्रधान हो । महत्वपूर्ण कुरा हो । यसमा छलफल गर्नुपर्छ भन्न चाहान्छु ।

मैले प्रतिकात्मक कुरा राखेर किन भन्न खोजेको हो भने उत्पादन ब्रिगेड बनाउने भन्यौँ, कार्यरुप दिन सकेनौँ । शान्ति प्रक्रियामा आयौँ, एकथरी साथीले विद्रोह भन्यौँ, एकथरीले संविधानसभा भन्यौँ । मुखमा चुनाव, मनमा विद्रोह भन्यौँ । नगर्ने विद्रोहको कुरामा जोड दियौँ । हुने र गर्न सक्ने कुरामा ध्यान दिएनौँ ।

यो प्राप्तिका निम्ति संगठनात्मक सेट हुने कुरामा दोस्रो र सहायक कुरा विचारको हिसावले, काम गर्ने सक्रियता र इच्छाशक्ति, जिम्मेवारी बहन गर्ने हिसावले खासगरी पदाधिकारीमध्येका कुनै जिम्मेवारीहरू पार्टीले जिम्मा दिन्छ भने तयार छु । तर, नभै हुन्न भन्ने मेरो दावा छैन । यस अर्थमा कि म झण्डै १५ बर्ष ब्युरो इञ्चार्ज, १३ बर्ष जिल्लाको सेक्रेटरी भएँ । सैन्य मोर्चामा पनि मैले भाग लिएको छु । विद्यार्थी आन्दोलनमा पनि म जेलनेल हुँदै सक्रिय भएर आएको हुँ ।

निरन्तर राजनीतिमा सक्रिय भएको र ४० बर्षका राजनीतिक उतार–चढावका चक्रहरूको व्यवहारिक अनुभव पनि भएकाले  अब यो विन्दुबाट यी कुराहरूको शिक्षा लिँदै अगाडि बढ्नका निम्ति विगतका पृष्ठभूमिले प्रेरणा दिने भएकाले म नेकपा माओवादी केन्द्रभित्र भएका अरु साथीहरू सरह जिम्मेवारी प्राप्त गरेर अगाडि बढ्न सक्ने हैसियत राख्छु । त्यसका लागि मानसिकरुपमा म तयार छु ।

तपाईंले पदको कुरा गौण हो भन्दै विचारको बहसलाई प्राथमिकता दिउँ भन्नुभयो । विचारसँगै जोडिएका केही प्रश्नहरू छन्, जस्तो कि– हेटौडा महाधिवेशनमा समाजवादको आधार तयार पार्ने, उत्पादन बिग्रेड बनाउने निर्णय भएको थियो । समाजवादको आधार तयार पार्न पार्टी बलियो र मजबुत हुनुपथ्र्यो । उत्पादन बिग्रेडका काम पनि भएनन्, अर्कोतर्फ पार्टी सञ्चालन प्रक्रियामा पनि एमालेमा लगेर मिसाउनुभयो । अहिले पनि एमालेसँग गरेको त्यो एकता वैचारिक राजनीतिक हिसाबले सही थियो कि थिएन भन्ने समीक्षा गरेको देखिँदैन । हेटौँडा महाधिवेशनले गरेको दिशानिर्देशमा माओवादी अगाडि बढ्यो कि चुक्यो ? यसबारे के विश्लेषण गर्नुभएको छ ?

ठीक कुरा उठाउनुभयो । हाम्रो हिजो त्योबेलाको वैचारिक बहस यहाँ थियो । बहस उठाउने र त्यसमा भाग लिने साथीहरू निरन्तर यही आन्दोलनमा हुनुपथ्र्यो । तर, एकाध साथीहरू छुट्नुभयो, यो दुःखद कुरा हो । माओवादीको समस्या फुल पार्ने तर नकोरल्ने रह्यो । भाले–पोथी मिलेर गुँड बनायो, फुल पार्यो त्यो फुललाई आवश्यक तापक्रमसहित त्यसबाट चल्ला कोरल्ने काम भयो भने आमाबाउबाट बल्ल एउटा दायित्व पूरा हुन्छ । माओवादीको मुख्य समस्या भनेको विचारमा यहीँनेर रह्यो ।

मैले प्रतिकात्मक कुरा राखेर किन भन्न खोजेको हो भने उत्पादन ब्रिगेड बनाउने भन्यौँ, कार्यरुप दिन सकेनौँ । शान्ति प्रक्रियामा आयौँ, एकथरी साथीले विद्रोह भन्यौँ, एकथरीले संविधानसभा भन्यौँ । मुखमा चुनाव, मनमा विद्रोह भन्यौँ । नगर्ने विद्रोहको कुरामा जोड दियौँ । हुने र गर्न सक्ने कुरामा ध्यान दिएनौँ । हुने र गर्न सक्ने कुरा भनेको सरकारको मोर्चाबाट पहल लिएर जनताका डेलिभरीका कामहरू ड्याम ड्याम गर्न सक्नुपथ्र्यो । त्यहाँ हाम्रो गम्भीर त्रुटि भयो । नगर्ने, हुन नसक्ने कुरा, सम्भावना नभएको कुरा गर्यौँ । क्रान्तिकारी देखिनका निम्ति हामीले विद्रोहको कुरा गर्यौँ । लामो समय, झण्डै आधा दशक त्यही कार्यदिशामा अल्मलियौँ र पार्टी टुटफुट, विभाजनतिर गयो । यो गम्भीर त्रुटी हो ।

अबको माओवादीका निम्ति जीवन–मरणको प्रश्न बनेको छ । त्यसो गर्न सके पार्टीलाई पुनजिर्वित गर्न सक्छौँ । सकेनौँ भने कोहीलाई पद दिएर, कोहीलाई हैसियत दिएर र कोहीलाई आश्वासन दिएर थेग्न सक्दैनौँ ।

हो, त्यतिबेला स्पष्ट रुपमा शान्ति प्रक्रियामा आइसकेपछि त्यो प्रक्रियाका कार्यभार पूरा गरेर जति सकिन्छ, हामी आफूले उठाएका एजेण्डा संबिधानमा लेख्न पहल गर्ने, संविधान बनाउने काममा लाग्नुपर्दथ्यो । जनताले सरकारमा जान निर्वाचित पनि गरेका थिए । नफुटिकन, अब यो बाटो है भनेर जनपक्षीय काम गर्दै गएको भए अण्डा कोरलिन्थे । चल्ला हुर्कन्थे । आमा बाबुले पुस्तान्तरणको दायित्व पूरा गर्थे । त्यो गम्भीर समीक्षाको विषय रहेको छ । मैले अघि गर्न खोजेको वैचारिक कुरा त्यो हो ।

म यहाँ कसरी आएँ ? मैले पद पाएर यहाँ आएको त होइन । पद त अहिले न पाएँ । म आन्दोलनमा किन लागें भन्दा विचार, वर्गदृष्टिकोण र वर्ग पक्षधरताप्रति निष्ठापूर्वक लाग्नुपर्छ भन्ने कुराले प्रेरित भएर नै हो । जनयुद्ध त्यसैको उपज थियो । जनयुद्धले त्यही प्रकारका कार्यकर्ता, संस्कृति, त्याग तपस्या, मूल्य मान्यता र बलिदानको विम्ब प्रकट गरेको थियो । त्यसलाई व्यवस्थित संश्लेषण गरेर जनताले भोटमा नै परिणत गरेपछि राज्यप्रणालीमा त्यसको फोटोकपी अथवा चल्ला कोरल्ने काम हामीले दिन सक्नुपथ्र्यो, त्यो दिन सकेनौँ । माओवादीको गम्भीर समस्या त्यहाँ रह्यो ।

अब आज यी सबै कुराको समीक्षा गर्नुपर्छ । देशमा संविधानको प्रस्तावना भनेको समाजवाद हो । राजतन्त्रको अन्त्य भयो, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्यायौँ । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनुभन्दा पहिला कुन प्रणाली थियो ? यो प्रणाली आइसकेपछि यसमा लेखिएका मौलिक हकका कतिपय कुराहरू कार्यान्वयन गर्दै अब जाने भनेको समाजवादमै हो । समाजवादमा जानका निम्ति फेरि त्यही प्रकृतिको त्याग, तपस्या र बलिदान पनि गर्न सक्ने (बलिदान होला नहोला, किनभने हामी शान्ति प्रक्रियामा छौँ । अहिले पनि समर्पण आवश्यक छ । यो समपर्णको कुरा कहाँबाट प्रकट हुन्छ भन्दा विचारबाट, वैचारिक पृष्ठभूमिबाट । यसका निम्ति फेरि हामीले मेहनत गर्यौँ भन्ने कुरा पार्टीमा स्थापित गर्न सक्यौँ भने अगाडि बढ्न सकिन्छ  । र, यो आजको, अबको माओवादीका निम्ति जीवन–मरणको प्रश्न बनेको छ । त्यसो गर्न सके पार्टीलाई पुनजिर्वित गर्न सक्छौँ । सकेनौँ भने कोहीलाई पद दिएर, कोहीलाई हैसियत दिएर र कोहीलाई आश्वासन दिएर थेग्न सक्दैनौँ ।

महाधिवेशनको नारा ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण’ भनिएको छ । हेटौँडा महाधिवेशनमा नेतृत्वको एकमुष्ट टीम हुँदा त यो कार्यान्वयन भएन भने अहिले धेरै नेताहरूले छाडेर गएको अवस्थामा प्रचण्डकै नेतृत्वमा क्रान्तिकारी विचार र पार्टी निर्माण हुन्छ भनेर कसरी विश्वास गर्ने त ? प्रचण्डको टेस्ट भैसकेन र ?

प्रचण्डमात्रै होइन, अरु पनि टेष्ट भयौँ । एमालेको पनि संगठनात्मक संरचना भयानक बलियो छ भनेर मानसिक रुपमा दरो बनाएर, त्याग तपस्या, बलिदान र उत्साह हाम्रो ठीक, संगठनात्मक प्रणाली एमालेको चुस्तदुरुस्त, लेबी तिर्ने, सबै प्रणाली उहाँहरूको ठीक भन्ने मानसिकता बनाएर गएका थियौँ, हेर्यौँ । टेस्ट भयो । परीक्षा लिइयो । काँग्रेसको पनि हेर्यौँ । माओवादी पृष्ठभूमिका प्रचण्डले गरेनन्, हामीले गर्न सकिन्छ कि भन्ने साथीहरू पनि हुनुहुन्छ, अहिले पनि हुनुहुन्छ, कोशिस गर्दै हुनुहुन्छ, त्यो पनि हेर्यौँ । यो सबै हेर्दा बरु माओवादीमै केही गरौँ भन्ने भावना भएका मान्छेहरू रहेछन्, त्यसमध्येको लिडर पनि प्रचण्ड नै रहेछन् ।

प्रतिगमन भयो देशमा, संविधानसँग प्रश्न उठे, दुई–दुईपटक संसद विघटन गर्नेतिर गयो । त्योबेला आफ्नै पार्टी हुँदा पनि यो बेठीक हो है, गर्नुहुदैन भन्ने कुरा प्रचण्डले नै गर्नुपर्यो । मोर्चा बनाउनेदेखि मधेसका समस्या हल गर्ने कुरा, आन्दोलन उठ्ताखेरि वार्तामा लगेर हल गर्नुपर्छ भन्ने राजनीतिक मुद्दादेखि लिएर भैपरी आएका कतिपय प्रश्नहरू हल गर्न आफ्नो पद प्रतिष्ठा दाउमा राखेर जतिसुकै आलोचना भए पनि यी मुद्दा हल गर्नुपर्छ भन्ने त प्रचण्डकै देखियो ।

यसकारण अहिले हामीले अरु त झन रहेनछन् भनेको हो । अरुलाई अपमान गरेर मैले भनेको होइन, अरुको सफलताको शुभकामना । तर, त्यतिको अरुको देखिएन । त्यसकारण प्रचण्डको नेतृत्वमा सम्भव छ । यो कुरा फेरि दोहोर्याएर भनौँ, किनभने जनताले बुझ्छन् । प्रचण्डसहित कमीकमजोरी र गल्तीको समीक्षा गर्दै जनताको बीचमा गयौँ भने सम्भावना छ भन्ने कुरा अस्ति टोल, वडा, गाउँपालिका, प्रदेश र सम्मेलनसम्म पार्टी सदस्यको नवीकरण गर्दा यो पार्टी बन्छ र बनाउनुपर्छ भन्ने चित्र हामीले देख्यौँ ।  सबै असन्तुष्ट भएका, रिसाएका मान्छेहरू आउन थाले । कमीकमजोरीमा समीक्षा गरेर बरु यही ठीक रहेछ भनेर जोडिन थाले । सदस्यता लिएका छन् अहिले । सबैतिर सक्रियता बढेको हेर्दा हामी बनाउन सक्छौँ भन्ने आत्मविश्वास बढेर गएको छ ।

प्यानल प्रस्तावचाहिँ कसैले गुट बनाएर ल्याउन पाउँदैन, आयोजक कमिटीले बाहेक । आयोजक कमिटीले प्यानल पेश गर्न पाउँछ । किनभने, त्यो अधिवेशन वा सम्मेलन गर्ने कमिटी आयोजक कमिटी हुन्छ । आयोजक कमिटीले प्यानल प्रस्ताव गरिसकेपछि त्यसमा चित्त बुझेन भने कोही सदस्य उठ्न पाउँछ ।

लड्न त प्रचण्ड सक्नुहुँदोरहेछ । उहाँले प्रतिगमनविरुद्ध पनि लडेर नै संविधानलाई लिकमा ल्याउने भुमिका खेल्नुभयो । तर, पार्टी बनाउनचाहिँ अलि नसकेको देखियो नि ?

पार्टीको संगठनात्मकरुपमा समस्या यो बीचमा रहे । अलि समय तदर्थमा हामी चल्यौँ । तदर्थमा कहाँनेर भन्दा युद्धमा जाँदा कमाण्डर प्रधान थियो । आदेशमा, निर्देशनमा, कमिटीहरूमा अभ्यास पनि हुन्थ्यो । तर, बढि युद्ध भएकाले जनवाद र केन्द्रीयताको तादम्यता मिलेको थियो । भेला बैठक, सम्मेलनमा कुरा राख्दा जनवाद, कार्यान्वयनमा केन्द्रीयता थियो । पछिल्लो स्थितिमा न केन्द्रीयता न जनवाद, गज्याङ–मज्याङ भयो । त्यसको समीक्षा गरेर करेक्सन गरियो भने हामी फेरि पार्टी निर्माण गर्न सक्छौँ ।

यही धर्ती हो, यही ठाउँ हो, तिनै साथीहरू हुन् फेरि पनि माओवादी आन्दोलनमा मेहनत गरेको हुनाले यही ठीक छ भनेर जोडिएका छन्, यद्यपि भोटबैंकमा बदल्न बाँकी छ । पहिलो पार्टी बनाउने भनेका छौँ, अपिल गरेका छौँ । पहिलो बन्छ भन्नेमा आशावादी पनि छौँ । परिणामले के दिन्छ, दोस्रो बनाउला, दोस्रो तेस्रो त बन्छ बन्छ । पार्टी नै सिद्धियो भन्ने त होइन । केही गर्छौँ भनेर यहाँबाट छुटेर जानुभएका साथीहरू र आधारभुतरुपमा विचार मिल्ने साथीहरूबीच छलफल, बहस, संयुक्त मोर्चा, कार्यगत एकता र पार्टी एकताको प्रशंग पनि चलेर, ती अवयव पनि जोड्दै गइयो मूल माओवादीसहित त्यो प्रक्रियामा अघि बढियो भने पार्टी बन्छ । यसमा मलाई विश्वास पैदा भएको छ ।

तपाईंहरूले वडादेखि नै प्रतिस्पर्धाको अभ्यासमा नयाँ नेतृत्व ल्यायौँ भन्नुभएको छ । तर, प्रदेशमा हजार प्रतिनिधि हुन्छन् २ सय जनाको कमिटी बनाएर त्यहाँमात्रै चुनाव गरेको देखियो । कतिपय ठाउँमा हेडक्वार्टरबाटै नेतृत्व छानिएको छ । प्रतिस्पर्धा गर्न दिन किन डराएको ?

डराएको होइन, हाम्रो सिस्टम हो । आयोजकहरूले प्यानल प्रस्ताव गर्ने दुई तरिका हुन्छन् । एउटा प्रत्यक्ष निर्वाचनको विधि अपनाउने । त्यो भनेको जति सदस्य छन् ती सदस्यले सबै पदमा मत हाल्ने हुन्छ । त्यो धेरै देश र पार्टीहरूमा प्रचलनमा छैन । अर्को निश्चित तोकिएका प्रतिनिधिहरूले नै हो नेता छान्ने । काँग्रेसमा पनि महाधिवेशन प्रतिनिधि तोकिएका हुन्छन् तिनैले भोट हाल्ने हो । सबैले हाल्दैनन् । त्यहीखालको विधान उहाँहरूले बनाउनुभएको छ । हाम्रो प्रणाली भनेको तलबाट चुनिँदै चुनिँदै आउँछन् र चुनिएकै प्रतिनिधिले भोट हाल्ने हो । त्यो भनेको आयोजक कमिटीले प्रस्ताव गर्छ, त्यहाँ कमिटी चुन्छ र कमिटीले आफ्नो विधानमा गरेको व्यवस्थाअनुसार पदाधिकारी चुन्छ । त्यसका दुईटा रुप हुन्छन् । एउटा सहमतिमा पनि गरेका छन्, सहमति हुन सकेन भने भोटिङ पनि भएको छ ।

टीके प्रथा भन्ने कुरा गलत हो ।

यो महाधिवेशनमा केन्द्रीय सदस्यहरूको प्यानल पेश हुन्छ हैन त ?

त्यो केन्द्रीय समितिले पदाधिकारी छान्छ । हलबाट देशभरिका प्रतिनिधिले कमिटी छान्छ । अहिले भएका झण्डै १६ सय प्रतिनिधिले  केन्द्रीय कमिटी छान्छन् । तिनै केन्द्रीय सदस्यसमध्येबाट पदाधिकारी छानिने हाम्रो विधानको व्यवस्था छ, यो प्रष्ट छ ।

महासचिवको चुनाव हुने भयो भने त्यसका लागि भोटर २९९ सयजना केन्द्रीय सदस्य मात्र हुने भए होइन ?

हो, भोटर तिनै हुन्छन् । यो हाम्रो प्रणाली हो । कतिपय कम्युनिस्ट पार्टीको पनि प्रचलन र हाम्रो विधानको पनि व्यवस्था यही भएकाले यो मोडलमा हामी जान्छौँ ।

२९९ जनामध्ये म पनि पर्न पाउँ भनेर कसैले हलमा कुरा उठाउन पाउँछ  ?

पायो । प्यानल प्रस्तावचाहिँ कसैले गुट बनाएर ल्याउन पाउँदैन, आयोजक कमिटीले बाहेक । आयोजक कमिटीले प्यानल पेश गर्न पाउँछ । किनभने, त्यो अधिवेशन वा सम्मेलन गर्ने कमिटी आयोजक कमिटी हुन्छ । आयोजक कमिटीले प्यानल प्रस्ताव गरिसकेपछि त्यसमा चित्त बुझेन भने कोही सदस्य उठ्न पाउँछ । कोही सदस्यले फलानोलाई मान्दिनँ भनेर जान पनि पाउँछ । त्यसका विरुद्ध म उठ्छु भन्न पनि पाउँछ । त्यो स्थितिमा केन्द्रीय सदस्यको पनि चुनाव हुन सक्छ, यो प्रस्ट व्यवस्था छ, निर्वाचन आयोगले सबै तयारी गरेको छ । यही प्रक्रियाले हामी हाम्रो केन्द्रीय समिति चुन्छौँ । तर, कसैले गुट बनाएर अर्को प्यानल बनाउन पाउँदैन ।

टीके प्रथा भन्ने आरोप लागेको छ नि ?

टीके प्रथा भन्ने कुरा गलत हो ।

यहाँले अघि विचारमा प्राथमिकता दिने कुरा गर्नुभयो, महाधिवेशनले समाजवादमा कसरी जाने भन्ने विचारको टुङ्गो लगाउँछ ?

मुख्य विचार भनेको त्यही हो । समाजवाद उन्मुख भनेर क्रान्तिका बाँकी कार्यभार भन्ने कुरा भाषा लेख्दा लेख्ने कुरा हुन् । यो प्रणालीमा आइसकेपछि यहाँबाट अगाडि बढ्ने भनेको आर्थिक हिसावले, अन्तराष्ट्रिय परिस्थितिको हिसावले, पुँजीको तीव्र विकास गर्ने, उत्पादनमा विकास गर्ने, औद्योगीकरणको प्रक्रियामा जाने र कृषिलाई आधुनिकीरण गर्दै समाजवादमा जाने कुरा नै अबको कार्यदिशा हुनुपर्छ ।

पहिचानको मुद्दा छाडेको छैन । कतिपयले अलि बढी जातिवादको कुरा गर्नेहरूले बढी भनिदिए हुन्थ्यो भन्लान् । तर, हामीले उत्पीडनको अन्त्य हुने गरी ।

माओवादीभित्र अहिले दुई लाइन संघर्ष वा वैचारिक बहस छ कि छैन ?

वैचारिक बहस किन नहुनु ? छ । दुई लाइन, तीन लाइन भनेर प्रकट छैन, तर छलफल बहसका रुपमा छ ।

एमालेसँग एकता गर्नु ठीक थियो कि बेठीक भन्ने बहस छ कि छैन ?

बेठीक भन्ने छैन । एकता ठिकै थियो, हामीले एकता ठीक उद्देश्यले गरेका थियौँ, ओलीले बेठीक गरे भन्ने छ । यसमा करिव–करिव एउटै धारणा पार्टीभित्र छ । एकाध केही साथीहरूले नगरेको भए पनि हुन्थ्यो भनेर तर्क गर्न सक्नुहुन्छ । तर, फेरि पनि स्थापित र संस्थागत विचार भनेको हामीले जुन उद्देश्यले एकता गरिएको थियो, त्यो ठीक थियो, बरु ओलीले बेठिकतिर लगे भन्ने हो । त्यसकारण एमालेभित्रका सबै मान्छे खराब छन् भन्ने पनि होइन । एकता बेठीक थिएन, एकताले त हामीलाई महाविद्यालयमा भर्ती गरायो । हामीले सिक्यौँ, अध्ययन गर्यौँ । बुझ्यौँ, थाहा पायौँ, फाइदै भयो । एक–दुईजना साथीहरू उता बस्नुभयो, एकदुईजना यता आउनुभयो होला, एकदुई जना त्यहाँबाट निस्केर अर्को पार्टी बनाउनुभयो होला, त्यो अर्कै कुरा हो । तर, त्यसले हामीलाई ठूलो शिक्षा दियो ।

वामपन्थीको सरकार ढालेर काँग्रेससँग बनाउनुहुँदैनथ्यो भन्ने बहस माओवादीभित्र छ कि छैन ?

त्यस्तो छैन । ठीक गरियो भन्ने छ । नत्र त प्रतिगमनतिर, निरंकुशतातिर जान्थ्यो देश । कम्युनिस्टमात्रै भनेर भएन नि ! ओलीजीले लिएको तरिकाअनुसार गएको भए कसैले पत्याउन नै नसक्ने अर्कै प्रकारको निरंकुशतातिर देश जान्थ्यो । त्यसलाई रोक्ने काममा गठबन्धन बनेर संविधान, संविधानका धारा र सिस्टम प्रणाली जोगाएको छ । त्यसकारण पार्टीले लिएको नीति ठीक छ भन्नेमा सबैको एकमत छ ।

माओवादीले जातीय कुरा गरेर पार्टी कमजोर भयो भन्नेहरू पनि छन् कि पार्टीभित्र ?

त्यो त अरुले उचालिदिएका हुन् । जातीय कुरा माओवादीले कहिल्यै गरेन । माओवादीले उत्पीडित समुदायको अधिकारको कुरा गरेको हो । समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वको कुरा माओवादीले उठाएको हो त्यो छोडेको छैन । मानिस मानिस, गाउँगाउबीचमा कित्ताबन्दी गर्ने, एउटा गाउँबाट अर्को गाउँमा जान नपाइने भनेर ओलीले एक ठाउँ भाषण गरेको मैले सुनेको पनि थिएँ, त्यो गलत विचार हो उहाँको । त्यस्तो केही पनि थिएन । सबै वर्ग, समुदायका साथीहरू पार्टीमा होलटाइमर थिए । सबै समुदायको अधिकारको कुरा गरिएको थियो । त्यहाँ उत्पीडित वर्ग समुदायको कुरा थियो । दलित, महिला, जनजाति, अल्पसंख्यक सबै मिलेर माओवादीले लिएको नीतिप्रति विश्वस्त भएर आएका थिए । त्यो किन गरेको भन्दा जाति–जातिका बीचमा भिडन्त गराएर भड्काउन होइन, जाति–जातिका बीचमा असमानता प्रकट गरेको हुँदा त्यसको अन्त्य गरेर समान बनाउन समुदायको हक र अधिकार कुरासहित समावेशी र समानुपातिकको कुरा गरेको हो । यो कुरा माओवादीले उठाएका कारण एमाले र काँग्रेसले पनि यो कुरा लागु गर्न बाध्य भयो ।

त्रिभुवन विश्वविद्यालयमा बढी समस्या भएको हुनाले हल गर्नेगरी हामीले सिनेटमा निर्णय गरेका थियौँ । अर्को पक्षमा रियाक्सन भएर युवा विद्यार्थीहरूले सबै आंशिक र करारमा काम गर्नेहरूले आयोग लडेर आउनुपर्छ भनेर तालाबन्दी गर्नुभएको छ ।

माओवादीले पहिचानको मुद्दा छोड्यो भन्ने सीमान्तीकृतहरूको गुनासो पनि सुनिन्छ नि ?

पहिचानको मुद्दा छाडेको छैन । कतिपयले अलि बढी जातिवादको कुरा गर्नेहरूले बढी भनिदिए हुन्थ्यो भन्लान् । तर, हामीले उत्पीडनको अन्त्य हुने गरी । वर्गीय उत्पीडन, जातीय उत्पीडन, लिङ्गीय उत्पीडन, भाषिक उत्पीडन जहाँ जहाँ छन्, ती उत्पीडनको अन्त्य हुने गरी मानव जातिको सबै प्रकारको उत्पीडन अन्त्य हुने समाज बनाउनुपर्छ भन्ने विचार उत्प्रेरित भएर हामीले त्यो कुरा उठाएको हुँदा कतिपयले जातीय भड्काउको कुरा गर्नेहरूलाई कम बोल्यो माओवादीले भन्ने परेको होला । तर, हामीले उत्पीडनको अन्त्य गर्ने कुरा गरेको हो ।

अब सरकारको चर्चा गरौँ । तपाईंले शिक्षामन्त्री भएपछि के काम गर्नुभयो भनेर राष्ट्रिय सम्मेलनमा प्रतिनिधिहरूले सोधे भने तपाईंसँग के जवाफ छ ?

पाँच/छवटा बलिया जवाफ छन् मसित । पहिलो जवाफ हामीले ३२ बुँदे मूलतः माध्यमिक शिक्षालाई सुधार गर्ने कुरा र शिक्षा मन्त्रालयभित्रका बेथितिहरूलाई नियन्त्रण गर्नका निम्ति सुधार गर्ने कुराहरू सार्वजनिक गरेका छौँ । त्यसमध्येको पहिलो कार्यक्रम भनेको विद्यालयमै गएर विद्यार्थीलाई खोप दिने । हस्पिटलमा विद्यार्थी जाने हैन, स्वास्थ्यकर्मीचाहिँ विद्यालयमा गएर विद्यार्थीलाई खोप दिनुपर्छ भनेका छौँ । यो लागू हुँदैछ । उपत्यका बाहिर यो कार्यान्वयन भइराखेको छ । उपत्यकामा चाहिँ १३ गतेपछि कार्यान्वयन हुन्छ ।

दोस्रो, शिक्षक महासंघसँग हामीले औपचारिकरुपमा नै हामीले उहाँहरूभित्रका लामो समयदेखि अल्झेका समस्याहरू हल गर्नेतिर प्रक्रियाहरू अगाडि बढाएका छौँ । उहाँहरूले उठाएका मुद्दाहरू सम्वोधन गर्ने प्रक्रियातिर अगाडि बढेका छौँ । त्यसमध्ये शिक्षक अस्पताल बनाउने कुरा क्याबिनेटबाट निर्णय भएर अगाडि बढिसकेको छ । त्यसका साथसाथै उपत्यकामा शिक्षक प्राध्यापकले अध्ययन/अध्यापन गर्ने पुस्तकालयको आवश्यकता थियो, जमलमा राष्ट्रिय पुस्तकालय बनाउने कुरा पनि क्याबिनेटबाट पारित भएर अगाडि बढेको छ ।

एक्जिम बैंकसँगका पहिलेका सहमतिहरू निकै लामो समयसम्म अल्झिएर भूकम्पबाट प्रभावित भएका १४ जिल्लाका केही भवनहरू बनेका छैनन् । प्राधिकरणले केही भवनहरू बनाए पनि उच्च शिक्षाका कतिपय भवनहरू बनेका छैनन् । डीपीआर ठूला ४० वटा कलेजहरूको शिलन्यासको प्रक्रियामा हामी अगाडि बढेका छौँ । त्रिचन्द्र क्याम्पसदेखि लिएर त्रिभुवन विश्वविद्यालयका भवन, त्रिवि पुस्तकालय र देशभरिका महत्वपूर्ण क्याम्पसहरू निर्माणको प्रक्रियामा हामी अगाडि बढ्दैछौँ ।

पाँच वर्षदेखि शिक्षकहरूको आन्तरिक वृद्धिदर रोकिएको थियो । कर्मचारीहरूको हुँदै गरेको र शिक्षकहरूको रोकिएको थियो । त्यो पनि शिक्षक सेवा ११ औं संशोधन नियमावली लगेर क्याबिनेटमा पास गरेर हामी यो पनि अगाडि बढाएका छौँ ।

त्यसैगरी झण्डै १८ हजार शिक्षक दरबन्दी खाली छ । यो लामो समयदेखि बेथिति भएर अल्झिएको थियो । यो पनि हामीले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर, आवश्यक नियमावलीहरू परिमार्जन गरेर विज्ञापनै खोलिसकिएको छ । यसमा अब शिक्षकहरू लिने प्रक्रिया शुरु भएको छ । माध्यमिक र निमाविको खुलिसक्यो, प्राथमिकको पनि खुल्दैछ । यसको पनि म जवाफ दिन सक्छु ।

करार एवं आंशिक शिक्षकहरूको समस्याका विषयमा नि ?

यी समस्याका विषयमा पनि हामीले महासंघसँग छलफल गरेका छौँ । नयाँ युवा विद्यार्थीहरूको यो विषयमा असहमति छ । उहाँहरूका तर्क पनि जायज छन् । तर, हामी हल गर्ने भनेर लागेका छौँ । खालि यो माध्यमिक तहकोृ विद्यालयकोृ मात्रै होइन, विश्वविद्यालय तहका पनि आंशिक, करारका कतिपय समस्याहरू हल गर्नुपर्छ भनेर चारवटा विश्वविद्यालयका सिनेटमा मैले गएर बोलेको छु । यो समस्या तपाईंहरूको समस्या हो, हल गर्नुपर्छ भनेको छु ।

त्रिभुवन विश्वविद्यालयमा बढी समस्या भएको हुनाले हल गर्नेगरी हामीले सिनेटमा निर्णय गरेका थियौँ । अर्को पक्षमा रियाक्सन भएर युवा विद्यार्थीहरूले सबै आंशिक र करारमा काम गर्नेहरूले आयोग लडेर आउनुपर्छ भनेर तालाबन्दी गर्नुभएको छ ।

हामीले उनीहरूलाई स्वतः स्थायी गर्ने भनेको होइन । तोकिएको उमेर हद ननाघिएको, तोकिएको विषय मिल्ने र परीक्षा दिने र पास भएको हुनुपर्ने चार तह पार गर्नुपर्ने छ । जो पास हुँदैन, उसलाई सकुशल गोल्डेन ह्याण्डसेक दिएर विदा गर्ने हामीले भनेका छौँ ।

यसरी शिक्षा मन्त्रालयमा लामो समयदेखि गाँठो परेर बसेका समस्याहरू फुकाउनेतिर हामी यो दुई महिनामा अगाडि बढेका छौँ । यसका साथै अस्ति हामीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तरगत विज्ञापन गरेर बाँकी रहेका स्कुलहरू निर्माण गर्ने र कम्प्युटर खास गरी आइटी दिने भनेका छौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटलाई अनावश्यकरुपमा परिणाम नआउनेतिर छर्ने होइन कि त्यसलाई परिणाममुखी बनाउनुपर्छ भनेर आइटीसित सम्बन्धित र पूर्वाधारसित सम्बन्धित काम मात्रै गर्ने भनेर प्रक्रिया अगाडि बढाएका छौँ । हामीले छिट्टै स्कुलहरू छनोट गर्छौँ ।

यसका साथसाथै पढ्दै कमाउँदै भन्ने कार्यक्रम पनि छ । यसको पछि हामीले छिट्टै कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाउँदैछौँ । यी लगायतका कामहरू म मन्त्रालयमा आइसकेपछि दुई महिनामा अगाडि बढाउन खोजिएका छन् । कोशिस गर्दैछु । मैले यहाँ आउँदा ब्रिफिङको टाइम एकमहिना मात्रै हो, त्यसपछि सकेका कामहरू एक्सनमा जानुपर्छ भनेको छु । अरु कतिपय ऐन निर्माणसित सम्बन्धित कामहरू पनि अगाडि बढेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।