शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ : प्रदेश प्राधिविक विश्वविद्यालयसम्बन्धी कानुन पारित

आइतबार, ११ पुस २०७८, २१ : ४४
आइतबार, ११ पुस २०७८

प्रदेश २ सरकारले  अध्यादेश मार्फत् ल्याएको प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धी कानुन बहुमतले पारित भएको छ । आइतबार  बसेको प्रदेशसभा बैठकबाट प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ बहुमतले पारित भएको हो ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा समाजवादी, माओवादी केन्द्रका सांसद उक्त प्रस्तावको पक्षमा रहेका थिए भने लोसपा र नेकपा एमालेका सांसदहरुले उक्त कानुनको विपक्षमा आफ्ना धारणा राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्‍वर साहले उक्त अध्यादेशविरुद्ध अस्वीकृत प्रस्ताव पेस गरेका थिए । तर दुई तिहाई भन्दा बढीको सरकारले उक्त कानुन बहुमतले ल्याउन सफल भएको छ ।

सभामा बोल्दै सामाजिक विकासमन्त्री नवलकिशोर साहले विश्वविद्यालय सम्बन्धी कानुन विधेयक मार्फत् ल्याउँदा समय लाग्ने भएकोले सरकारले तत्काल अध्यादेश मार्फत् उक्त कानुन ल्याएको बताए । यसअघि पनि प्रदेश कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेशमार्फत ल्याएको कानुन प्रदेशसभाबाट बहुमतले स्वीकृत भएको छ । 

सभामा बोल्दै लोसपाका प्रमुख सचेतक परमेश्‍वर साहले दुई तिहाइको बहुमत भएको सरकारले डराएर चोरबाटोबाट ल्याएको कानुन फिर्ता हुनुपर्ने बताए । अध्यादेशमार्फत कानुन ल्याएर सरकारले लोकतन्त्रको मूल्य मान्यतालाई उपहास गरेको टिप्पणी गरे । 

सभामा एमालेका सांसद किशोरी साह कमल साहले शिक्षा अहिलेको आवश्यकता रहे पनि सरकारले अध्यादेशमार्फत प्रदेश चलाउन खोजेको भन्दै विरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप