शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम र सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी

आइतबार, ११ पुस २०७८, २१ : ३६
आइतबार, ११ पुस २०७८

मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मध्यपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र तथा व्यवस्थापन शास्त्र सङ्काय केन्द्रीय क्याम्पस र सुर्खेत बहुमुखी क्याम्पसबीच सहकार्य गर्ने गरी आज आपसी समझदारी भएको हो ।

उक्त समझदारी पत्रमा सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव खनाल, मध्यपश्चिम विश्वविद्यालय शिक्षा तथा व्यवस्थापनशास्त्र सङ्काय केन्द्रीय क्याम्पसका प्रमुखद्वय जसविर रोका र दिपक सिंहले हस्ताक्षर गरेका थिए ।

यहाँको शैक्षिक गुणस्तर वृद्धि गर्न प्राध्यापक–शिक्षक–कर्मचारी–विद्यार्थी र विज्ञबीच सिकाइ आदानप्रदान, अध्ययन–अनुसन्धान, प्रकाशनमा दुवैतर्फ सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका डीन सहायक प्रा डा लीलाधर तिवारीले जानकारी दिए  । सो अवसरमा व्यवस्थापन सङ्कायका डिन प्रा डा दीपबहादुर रावल र शिक्षा शास्त्र सङ्कायका पूर्व सहायक डीन विष्णुकुमार खडकाको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप