बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एसीसी यु-१९ एसिया कप : नेपाल समूह चरणबाट बाहिरियो

आइतबार, ११ पुस २०७८, २१ : १४
आइतबार, ११ पुस २०७८

विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलङ्कासँग ६० रनले पराजित हुँदै एसीसी यु-१९ एसिया कपबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा समेत श्रीलङ्कासँग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।

नेपालका लागि विकेट किपर समेत रहेका ब्याटर अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।  विवेक यादवले ४६ रन बनाउँदा बसिर अहमदले ४३ रनको योगदान दिए । यस्तै सन्तोष कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए ।

श्रीलंकाका मथिशा पथिराना र रभीन डी सिल्भाले समान ३-३ विकेट लिए । यसअघि युएईको सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु बिक्रमसिंघेको शतक मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२  रन बनाएको हो ।

श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए   । यस्तै चामिन्दु विक्रमसिंघेले १११ रनको योगदान दिए । नेपालका मोहम्मद आदिल खानले दुई तथा कप्तान देव खनालले एक विकेट लिए । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल हारसँगै एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिएको हो । अब नेपालले अन्तिम खेलमा कुवेतको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप