शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ

आइतबार, ११ पुस २०७८, २० : ५८
आइतबार, ११ पुस २०७८

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पोखरा –३२ स्थित सातमुहानेमा अवैध लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ किलो २३० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।

लागूऔषध चरेसको कारोबारमा संलग्न रुकुम जिल्ला भूमे गाउँपालिका –२ घर भइ हाल पोखरा –३२ सातमुहाने बस्ने ५६ वर्षीया कुमारी बुढा र १९ वर्षीय विकास थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिइ आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप