शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरामा ओपन भेट्रान्स टेनिस प्रतियोगिता शुरु

आइतबार, ११ पुस २०७८, २० : १७
आइतबार, ११ पुस २०७८

ओपन भेट्रान्स टेनिस प्रतियोगिता पोखरामा शुरु भएको छ । आइतबार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् । 

कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै विशेष अतिथि नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले १८ वर्षको लामो इतिहाँस बोकेको प्रतियोगिता पोखरामा आयोजना भएकाले यस क्षेत्रमा समेत टेनिस खेल प्रति आकर्षण बढेको बताइन । 

प्रतियोगिता अन्तर्गत पहिलो दिन ३५ वर्ष माथि भएको पुरुष एकलमा सन्तोष खत्रीले बिरेन्द्र लामालाई ६–१, ६–१ ले, प्रकाश वाग्लेले विकास बहादुर भट्टराईलाई ६–०, ६–२ ले, नबिन श्रेष्ठले दुर्गा सुनारलाई ६–०, ६–१ ले, डा.मदन थापाले, केबी लामालाई ६–३, ६–४ को स्कोरमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । 

त्यस्तै, ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६–४, ६–० ले, सुकमान तामाङ्गले एम.पी. गिरीलाई ६–१, ६–३ ले, धरमबहादुर लामिछानेले गोपा प्रसाद ज्ञवालीलाई ६–३, ६–२ ले, रोहित सुनुवारले सञ्जय झा लाई ६–२, ६–१ ले, उत्तम लामाले प्रदिप शाहलाई ६–३, २–६ ले पराजित गरे । 

त्यस्तै सुपरटाईमा १०–८ ले, विनोद कायस्थले विष्णु चापागाइलाई ६–०, ६–० ले, शिव सेढाईले सुनिल श्रेष्ठलाई ६–१, ६–२ ले, विकास गुरुङ्गले नारायण पहारीलाई ६–१, ६–० ले, हुम आलेले सुदर्शन विष्टलाई ६–२, ६–३ ले तथा विमल कुमार गुरुङ्गले रामु विकलाई ६–१, ६–३ ले पराजित गर्दै पहिलो चरण पार गरे ।

महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २–६, ६–२ र ६–३ ले, सर्भानी श्रेष्ठले माहिका राणालाई ६–२, ६–४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७–६, ६–३ ले, सुभांङ्गि लक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–३, ६–३ ले पराजित गरिनन् । त्यस्तै मेन्स डबल्समा शक्ति सर्मा र गोविन्द नेपालीको जोडीले प्राञ्जल कायस्थ र नेहाल जंगबहादुर थापाको जोडीमाथि ६–३, ६–२ को नतिजा निकाले का थिए ।
त्यस्तै ४५ वर्ष माथिको मेन्स डवल्समा शरण गुरुङ र लोक गुरुङको जोडीले मनोज बस्नेत र रामु विकको जोडीलाई ६–४, ६–० ले, विनोद कायस्थ र विकास गुरुङको जोडीले सञ्जय झा र उत्तम बोगटीको जोडीलाई ६–१, ६–२ ले, नविन चालिसे र बिरेन्द्र लामाको जोडीले कृष्ण केसी र इन्द्र गुरुङको जोडीलाई ६–१, ६–२ ले पराजित गरे । 

५५ वर्ष माथिको एकलमा राजकुमार गुरुङले नरेन्द्र कुमार सिंहलाई ६–१, ६–१ ले, कृष्ण घलेले प्रदीप शाहलाई ६–२, ६–२ ले, उत्तम लामाले पदमबहादुर गुरुङलाई रिटायर्ड हर्टमा, मनोज राणाले अनिल तुलाचनलार्ई ६–३, ६–४ ले तथा ध्रुव घलेले राजेन्द्रसिंह भण्डारीलाई ७–६, ४–६ र सुपर टाईमा ११–९ ले पराजित गरे ।

५५ वर्ष माथिको मेन्स डबल्समा बिदुर विष्ट र काजी गुरुङको जोडीले राजकुमार गुरुङ र पदम गुरुङको जोडीलाई रिटायर्ड हर्टमा पराजित गरे । त्यस्तै समिर शेरचन र अनिल तुलाचनको जोडीले ध्रुव घले र शहदेव ढुङ्गानाको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै दोश्रो चरणका लागि आफ्नो स्थान सुरक्षित पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप