बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कामपाको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल

आइतबार, ११ पुस २०७८, १९ : ५२
आइतबार, ११ पुस २०७८

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्यालले पद बहाली गरेका छन् । यही पुस ७ गतेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनले आज उक्त पद बहाली गरेका हुन् ।

मन्त्रालयको सोही दिनको निर्णयअनुसार यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ गएका छन् । पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिकको अधिकार सुनिश्चत गर्न सक्दो प्रयास गर्ने बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप