शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

करणी प्रयासको आरोपमा किशोर पक्राउ

आइतबार, ११ पुस २०७८, १९ : ४९
आइतबार, ११ पुस २०७८

रुकुम (पूर्व) मा जबरजस्तीकरणीको उद्योगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मानबहादुर विसीले बताए । 
सूचना अधिकारी विसीका अनुसार ती चार वर्षीया बालिका आफ्नो (६/७ वर्षका) दाइसँग घरमै बसिरहेकी थिइन् । त्यसै बखत ती किशोर घरमा आएको र दाइलाई एकछिन बाहिर जाउ भनेर पठाइ उनले करणीको प्रयास गरेका थिए । परिवारले प्रहरीमा जाहेरी दिएपछि जबरजस्ती करणी उद्योगको आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप