शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

करार कर्मचारीको व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवा विज्ञापन गर्न माग

आइतबार, ११ पुस २०७८, १९ : ०६
आइतबार, ११ पुस २०७८

कर्णालीका स्थानीयतहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले आफ्नो व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवाको विज्ञापन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष ज्ञापनपत्र बुझाउँदै यस्तो मा गरेका हुन्।

उनीहरुको माग पत्रमा भनिएको छ,‘ संघीयता कार्यन्वयनको अबस्था देखि स्थानीय तह सम्म लामो समयमा कर्मचारीको अभाव भएको भन्दै उनीहरुले उक्त समयमा कर्णाली प्रदेशका विभिन्न कार्यालयहरूमा सफलता पूर्वक काम गरेका छन् । साथै नेपालमा संघीयता निजामति सेवा ऐन आइनसकेको र स्थानीय सेवा आयोग पनि नबनिसकेको अवस्थामा हामी विगत लामो समयदेखि कर्णाली प्रदेशका विभिन्न कार्यालय र स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीको सेवा सुनिश्चिता तथा स्थायित्वको अनुरोध गर्दछौं।’ 

अखिल नेपाल करार, ज्यालादारी तथा अस्थायी श्रमिक संघ कर्णाली प्रदेशका सचिव प्रकाशकुमार विसीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८७ मा प्रतिस्पर्धा सम्बन्धी भएको व्यवस्थालाई कार्यन्वयन गर्नुका साथै अस्थायी तथा करार कर्मचारीहरूको व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवा विज्ञापन गर्नुपर्ने माग राखिएको बताए ।
जवाफमा मुख्यमन्त्री जीवनबहादुर शाहीले कानुनमा व्यवस्था भएअनुरुप नै अघि बढ्ने बताए ।

कर्णाली प्रदेशमा लोक सेवा आयोगले स्थानीय तहहरूको लागि स्थायी पदपूर्ति गर्न माग फारम भर्न लगाई रिक्त विवरण संकलन गरिरहेको र यहि  पुस २७ गते मंगलबार स्थानीय तहका (सहायक पाचौँ) र माघको अन्तिम मंगलबार चौथो तहका विभिन्न पदहरूमा विज्ञापन गर्ने लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप