आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बोल्नै पर्ने भयो भन्दै देउवाले गरे प्रश्न : एमसीसी पढेको छ ?

'मैले हेर्दा कहीँ राष्ट्रघात देखेको छैन'
आइतबार, ११ पुस २०७८, १८ : ५८
आइतबार, ११ पुस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न आग्रह गर्दै यसबारे प्रश्नसमेत गरेका हुन् ।

‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसीसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती भन्दियो’, प्रधानमन्त्री देउवाले भने । आफूअरु नै कुरा भन्न उपस्थित भएको भएपनि एमसीसीको कुरा आएकाले बोल्नै पर्ने बाध्यता भएको सुनाए ।

‘राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा कहि राष्ट्रघात देखेको छैन’, प्रधानमन्त्री देउवाको भनाइ छ ।  उनले आफू पनि नेपालको प्रधानमन्त्री भएको भन्दै प्रश्न गरे ‘म राष्ट्रको खिलाफमा जाउँला ? म पनि राष्ट्रका लागि लडेको मान्छे । त्यसकारण तपाईंहरु पढ्नुस्, अध्ययन गर्नुस् ।’

एमसीसी सित्तैमा आएको पैसा

प्रधानमन्त्री देउवाले एमसीसीको रकम सित्तैमा आएको समेत बताए ।  उनले एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डसँग कुरा भइरहेको भन्दै भने, ‘हाम्रो बिचमा छलफल हुँदैछ, प्रचण्डजीसँग पनि । यो सित्तै आएको पैसा हो, सित्त्तैमा आएको पैसा कसैले चाहिन्न भन्छ ?’ उनले विश्व बैंक एडीबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानुन लागु हुने भन्दै एमसीसीले नेपालको कानुन मान्छु भन्दा पनि नमानेको भन्दै आक्रोश व्यक्त गरे । उनले  एमसीसीबारे राम्रोसँग बुझ्न आग्रह समेत गरे । देउवा अघि बोल्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप