प्रदेश प्राविधिक विश्व विद्यालयसम्बन्धी अध्यादेश बहुमतले स्वीकृत
प्रदेश २ सरकारले ल्याएको प्रदेश प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको छ । प्रदेशसभाको बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेस गरेको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको हो ।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए भने उक्त प्रस्ताव साहले फिर्ता नलिएपछि उनको प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो ।
प्रदेश सरकारले करिब एक महिना अघि ल्याएको दुईवटा अध्यादेश मध्ये ‘प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८’ यस अघि नै प्रदेशसभामा स्वीकृत भएपछि सरकारले आइतबार अर्को अध्यादेश पेस गरेको थियो ।
प्रमुख प्रतिपक्ष लोसपा नेपाल र नेकपा एमालेले अध्यादेशको विरोध गरेका थिए । तर सत्तारूढ जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बहुमतले प्रस्तावको पक्षमा समर्थन जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने