वैदेशिक हस्तक्षेपविरुद्ध आन्तरिक एकता सुदृढ गर्नु अहिलेको मुख्य कार्यभार : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वैदेशिक हस्तक्षेप हुन नदिनु, त्यसबाट देशलाई बचाउन आन्तरिक एकता सुदृढ तुल्याउनु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रको आवश्यकता सबैले धेरथोर बुझेको बताए । तर त्यो आवश्यकता पूरा गर्न आफूलाई तयार गर्नुपर्ने सन्दर्भमा केही गम्भीर कमजोरी भएको उनको भनाइ छ ।
‘राष्ट्रियताको सवालमा हाम्रो पार्टी कहिल्यै कसैसँग नझुक्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख लोकतन्त्रलाई संस्थागत सुदृढिकरण गर्नुछ । आवश्यकता अनुसार संविधान संशोधन गर्दै परिस्थितिले माग गरेअनुसार लोकतन्त्रलाई अझै विकसित गर्दै लैजानु छ ।’
शान्ति प्रक्रियाको कार्यभार अझै पूरा नभएको उनले बताए । सेना समायोजन, परिवर्तनको प्रक्रियालाई संस्थागत हुने गरी संविधान निर्माण भए पनि सत्य निरुपण तथा बेपत्ता नागरिकको अवस्था छानबिन गर्नुपर्ने काम बाँकी रहेको उनको भनाइ छ ।
सामाजिक न्यायसहितको समृद्धिको आकांक्षा, नेपाली जनताको मुहार फेर्ने अपेक्षा पूरा नभएको उनले प्रस्ट पारे । नेपाललाई बदल्न पार्टीहरू, नेताहरु बदलिउन् भन्ने जनताको चाहना रहेको उनले बताए ।
२१ औं शताब्दीको नेपाली समाजवादको मोडलबारे आफूहरु छलफलमा रहेको भन्दै उनले नयाँ विचार र नयाँ पार्टी निर्माणका साथ नेपालको रुपान्तरणको प्रक्रियालाई नेतृत्व गर्नुपर्ने दायित्व नेकपा माओवादी केन्द्रको काँधमा आएको बताए ।
अहिलेको पाँच दलीय गठबन्धनलाई कम से कम आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत