सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

मातृका यादवले खुलासा गरे तत्कालीन नेकपा विभाजन हुनुको कारण

आइतबार, ११ पुस २०७८, १८ : २९
आइतबार, ११ पुस २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुनुको रहस्य खुलासा गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले एउटा अध्यक्षले समाजवादका लागि एकता कायम राख्न खोजेको र अर्को अध्यक्षले प्रधानमन्त्री बन्नकै लागि एकतालाई प्रयोग गर्न खोज्दा पार्टी विभाजन हुन पुगेको बताए ।

उनले माओवादी आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनकै केन्द्र रहेको बताए । उनले माओवादी जनयुद्धले विकास गरेको विचार ‘प्रचण्डपथ’लाई विकास गर्नुको साटो छाडिदिएका कारण क्रान्ति रनभुल्लमा परेको पनि चर्चा गरे ।
उनले अहिलेको चुनौती सामना गर्न पाको नेतृत्व चाहिने भन्दै घुमाउरो शैलीमा पार्टीको नेतृत्वमा प्रचण्डनै कायम रहनुपर्ने खाँचो औंल्याए । उनले डिग्रीले मात्र पनि नेता हुन नसक्ने बताए । ‘डिग्रीले हुने भए त नेपालमा चार÷पाँच विषयमा पिएचडी गर्ने पनि छन् । समाजलाई कसले बुझ्यो र त्यसलाई हल गर्ने बाटो कसले दियो भन्ने कुरा महत्त्वपूर्ण हो,’ उनले भने, ‘नेतृत्वका लागि फेसले हुँदैन, एजले हुँदैन ।’

उनले वामपन्थीहरुबीच एकता हुनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको तर विचार, इमानदार कम्युनिस्ट बीच एकता हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप