बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा समिति बैठक : राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल

आइतबार, ११ पुस २०७८, १८ : ११
आइतबार, ११ पुस २०७८

 केन्द्रीय सुरक्षा समिति बैठक राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि गृह सचिव टेकनारायण पाण्डेले बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित रहेको जानकारी दिए । 

‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो,’ गृह सचिव पाण्डेले बताए । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ । 
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला, लगायतको सहभागिता थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप